काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल आज बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेश मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने दुईदिने ‘आउँदा दिनमा एशियाका देशबीच विकासमा सहकार्य अभियान’ बैठकमा सहभागी हुन नेता नेपाल बंगलादेश प्रस्थान गरेका हुन ।

ढाकामा हुने बैठक शुक्रबार र शनिबार चल्नेछ । बैठकमा नेपाल सहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चासहित दलका २० जना सहभागी रहेको नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए । बैठकमा एशियाका २० देशका कम्युनिष्ट पार्टीको सहभागिता हुनेछ । बैठकमा २१ औँ शताब्दीमा समाजवादको चुनौती र प्रजातन्त्रमा जनताले जीविकोपार्जनका लागि गरेको संघर्षका बारेमा छलफल हुने भएको छ ।

नेता नेपाल यही माघ १ गते स्वदेश फर्किने कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया