रुकुम, २७ पुस । भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
आमाबुबाको साथमा भारत गएको बेला २०६९ सालमा हराएका खोलागाउँ–८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो ।


गत चैत १३ गते भारतीय प्रहरीले किशोरको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको भए पनि उनको वास्तविक ठेगाना थाहा नपाउँदा समस्या भएको थियो ।

नेपाल प्रहरीले किशोरलाई रुपन्देहीमा रहेको नेपाल अविनाश अनाथ आश्रममा राखेको थियो । जिल्ला बाल कल्याण समितिको समन्वयमा नेपालीलाई आज रुकुम पु¥याएर उनका कान्छाबुबा हीराबहादुर सार्कीको जिम्मा लगाएको बाल अधिकार अधिकृत मानवीर ओलीले जानकारी दिनुभयो । किशोरका आमाबुबा अहिले पनि भारतको गोरखपुरमा नै रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया