ताजा खबर :-व्यस्त जीवनशैली, गलत आहार र दाँतको सफाई नगर्दा अधिकांश समय मुखबाट दुर्गन्ध आउँछ । हामी यसलाई सामान्य समस्या ठानी वेवास्ता गर्छौं तर यो समस्या लामो समय सम्म रहिरहँदा विभिन्न किसिमको रोगको संकेत दिन्छ । चिकित्सकका अनुसार, मुखको दुर्गन्धबाट यी १० रोगको संकेत पहिचान गर्न सकिन्छ ।

१-क्यान्सर

लामो समयसम्म चुरोट वा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसलाई ओरल क्यान्सर हुन्छ । यस अवस्थामा मुखबाट तीव्र दुर्गन्ध आउन थाल्छ ।

२-अपच

शरीरको मेटाबोलिज्म सन्तुलित नहुँदा अपचको समस्या हुनथाल्छ । यस अवस्थामा मुखबाट दुर्गन्ध आउँछ ।

३-फोक्सोमा इन्फेक्शन

फोक्सोमा इन्फेक्शनको कारण कयौँ पटक श्वासबाट दुर्गन्ध आउँछ ।

४-कलेजोमा इन्फेक्शन

कलेजोमा इन्फेक्शन हुँदा अपचको समस्या हुनथाल्छ र यस अवस्थामा श्वासबाट दुर्गन्ध आउँछ

५-डायबिटीज

डायबिटीजको कारण शरीरमा मेटाबोलिक परिवर्तन हुन थाल्छ । यस कारणले मुखबाट दुर्गन्ध आउन थाल्छ ।

६-किड्नी डिजीज

किड्नी डिजीजको कारण शरीरमा मेटाबोलिक परिवर्तन आउँछ । यसले शरीरमा सुख्खा मुखको समस्या हुन्छ, जसको कारण मुखबाट दुर्गन्ध आउँछ ।

७-गम डिजीज

गम डिजीजको कारण पेरिओडोन्टिक नामक रोग हुनथाल्छ । यो मुखको दुर्गन्धको कारण बन्छ ।

८-इन्फेक्शन

सही तरिकाले ब्रश नगर्दा दाँतमा ब्याक्टेरिया जम्मा हुन्छ । यस अवस्थामा पनि मुखमा इन्फेक्शन हुनथाल्छ र दुर्गन्ध आउँछ ।

९-गिजाको समस्या

गिजामा पेरियोडोन्टल समस्या हुनुको कारण मुखबाट दुर्गन्ध आउँछ । पेरियोडोन्टलको समस्या ब्याक्टेरियाबाट निस्कने चिप्लो तत्वको कारण हुन्छ ।

१०-सुख्खा मुख

सलाइभा हाम्रो मुखलाई सफा राख्छ मुखमा सलाइभा कम बन्नुको कारण जेरोस्टोमिया वा सुख्खा मुखको समस्या हुनथाल्छ, जसका कारण पनि मुखबाट दुर्गन्ध आउँछ  ।

तपाईको प्रतिक्रिया