ताजा खबर :-हरेक रोगलाई कुनै न कुनै संकेतले पहिचान गर्न सकिन्छ । यसै कारण केही स्वास्थ्य समस्या छन्, जसको पहिचान अनुहारबाट पनि हुनसक्छ । यसमा केही समस्या यति गम्भीर हुन्छन्, जुन बढ्ने बित्तिकै उपचारको निकै आवश्यकता पर्दछ । चिकित्सकका अनुसार, रोगहरूको यस्ता १० संकेत जसको बारेमा अनुहारबाट पहिचान गर्न सकिन्छ ।

१- किड्नी डिजीज

यदि अनुहारमा सूजन छ भने यो किड्नी डिजीजको संकेत हुनसक्छ । यस किसिमको समस्या औषधीको साइडइफेक्टको कारण हुन्छ ।

२-हाइपोथायरोइडिज्म

पुरुषको दाह्रीको कपाल झर्ने हाइपोथायरोइडिज्म को संकेत हुनसक्छ र साथै यो समस्या एनीमियामा पनि हुनसक्छ ।

३-थाइरोयड

महिलाको ओठको माथि र चिउडोमा कपाल आउँदा थाइरोयड वा हर्मोनल असन्तुलनको संकेत हुनसक्छ ।

४-लिभर डिजीज

लामो समयसम्म अनुहारमा पहेँलोपन रहनु लिभर डिजीजको संकेत हुनसक्छ र साथै यो जन्डिस र एनीमियाको संकेत पनि हुनसक्छ ।

५-क्याल्शियमको कमी

अनुहारमा सेतो दाग हुनु क्याल्शियमको कमीको संकेत हुनसक्छ । साथै यो आयरनको कमी वा पेटमा किरा हुने संकेत पनि हुनसक्छ ।

६-कुष्ठ रोग

अनुहारमा चम्किलो सेतो दाग हुनु कुष्ठ रोगको संकेत हुनसक्छ । यो समस्या निकै गम्भीर हुन्छ । यसकारण तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ ।

७-चिकनपोक्स

अनुहारमा पानीयुक्त फोका हुनु चिकनपोक्सको संकेत हुन्छ । यसमा व्यक्तिलाई ज्वरो आउन थाल्छ ।

८-हार्मोनल असन्तुलन

अनुहारमा लामो समयसम्म डन्डीफोरको समस्या छ भने हार्मोनल असन्तुलनको संकेत हुनसक्छ । पेट सम्बन्धि रोगको कारण पनि यो समस्या हुनसक्छ ।

९-एन्जियोएडिमा

लगातार कयौँ दिनसम्म अनुहारमा सूजन हुनु एन्जियोएडिम को संकेत हुनसक्छ ।

१०-पेटमा किटाणु वा किरा

यदि अनुहारमा हल्का सेतो दाग देखिन्छ भने यो पेटमा किटाणु वा किरा हुनसक्ने संकेत हुन्छ ।

तपाईको प्रतिक्रिया