ताजा खबर :- व्यस्त जीवनशैली, अस्वस्थ आहारको सेवन र स्ट्रेसको कारण यी दिनहरूमा डाइजेशनको समस्या अत्यन्त सामान्य भैसकेको छ । यस समस्याबाट आराम पाउनका लागि सबैभन्दा उपयोगी उपाय आयुर्वेदमा उपलब्ध छ । यस मध्य केही यस्ता उपाय छन्, जसले केवल दुई दिन मै हाम्रो डाइजेशन सन्तुलित गर्न सक्छ । आयुर्वेद एक्सपर्ट्सका अनुसार, डाइजेशनमा सुधार ल्याउने यी ७ उपाय अवश्य जान्नुहोस् ।

१) दुई गिलास पानीमा २ चम्मच धनिया पाउडर र आधा चम्मच अदुवाको पाउडर मिलाउनुहोस् । यसको मिश्रणलाई ४-४ चम्मच बिहान, दिउँसो र साँझ सेवन गर्नुहोस् ।

२) एक चौथाई चम्मच अदुवा, एक चम्मच सौफ र आधा चम्मच मिश्री मिक्स गर्नुहोस् । यसलाई बिहान, दिउँसो र साँझ खानुहोस् ।

३) आधा-आधा चम्मच इलायची पाउडर र मिश्री मिलाएर बिहान-साँझ खानुहोस् ।

४) दिनहुँ २ चम्मच कागतीको रसमा ३ चुट्की जायफल पाउडर मिलाएर पिउनुहोस् ।

५) एक कप पानीमा एक-एक चम्मच जीरा र सौफ मिलाएर उमाल्नुहोस् । यस पानीलाई मनतातो हुन् दिई पिउनुहोस् ।

६) दिनहुँ हींग(asafoetida) को पानीमा कपडा भिजाएर नाभीमा 15 देखि ३० मिनेट सम्म राख्नुहोस् ।

७) दिनमा ४ पटक १-१ गिलास मनतातो पानी पिउनुहोस् ।

तपाईको प्रतिक्रिया