ताजा खबर :-दैनिक व्यस्त जीवनशैली र कामको कारण कयौं मानिसमा स्ट्रेस हर्मोन बन्न थाल्छ । यसको शरीरमा निकै नकारात्मक असर पर्छ, जसको कारण विभिन्न किसिमको स्वास्थ्य समस्या हुनथाल्छ । यी समस्याबाट बँच्नको लागि एक अत्यन्तै सहज उपाय मुस्कुराउनु हो । यदि दिनहुँ थोरै समय एक्लै वा साथीहरूसँग मुस्कुराउनु हुन्छ भने यसले शरीरमा केही यस्ता हर्मोन उत्पन्न गर्छ, जसले तनाव कम हुन्छ । यसले हामीलाई विभिन्न स्वास्थ्य समस्यबाट बचाउन सक्छ । चिकित्सकका अनुसार, दिनहुँ मुस्कुराउनुको यी ७ स्वास्थ्य फाइदाहरू यस्ता छन् ।

१-मुटु स्वस्थ राख्छ

दिनहुँ मुस्कुराउँदा शरीरमा एन्डोर्फिन नामक हार्मोन निर्माण हुन्छ । यसले मुटु रोगको आशंकालाई कम गर्छ ।

२-उच्च रक्तचाप नियन्त्रण

दिनहुँ मुस्कुराउँदा शरीरको रक्तसंचारमा सुधार आउँछ । यसले उच्च रक्तचापको समस्यालाई नियन्त्रण गर्छ ।

३-इम्युनिटी बढ्छ

दिनहुँ मुस्कुराउँदा शरीरको इम्यूनिटी बढ्छ यसले रुघाखोकी र फ्लू को आशंका कम हुन्छ ।

४-मूडमा सुधार

दिनहुँ मुस्कुराउँदा नकारात्मक सोचमा कमी हुन्छ । यसले मस्तिष्कलाई आराम मिल्छ र मूडमा सुधार आउँछ ।

५-त्वचा स्वस्थ रहन्छ

दिनहुँ मुस्कुराउने कोशिश गर्नुहोस् । यसले अनुहारको चमक बढ्नुको साथै अनुहारको चाउरीपना कम हुन्छ र त्वचा स्वस्थ बन्छ ।

६-स्ट्रेस घट्छ

दिनहुँ मुस्कुराउँदा स्ट्रेस हार्मोन कम हुन्छ, जसले मस्तिष्कमा आराम पुग्छ यसले स्ट्रेस घटाउन मद्दत मिल्छ ।

७-शरीरको दुखाई कम हुन्छ

दिनहुँ मुस्कुराउँदा शरीरमा एन्डोर्फिन नामक हार्मोन निर्माण हुन्छ । यसले शरीरको दुखाई कम हुन्छ ।

तपाईको प्रतिक्रिया