ताजा खबर :-सामान्यतय: मानिसहरू घाममा बाहिर जानुभन्दा अघि सनस्क्रिन लगाउने गर्दछन् । ब्यूटी एक्सपर्ट्सका अनुसार, घाममा बाहिर जानुभन्दा ३० मिनेट अघि सनस्क्रिन लगाउनुहुन्छ भने यसले फाइदा पुर्याउँछ । घाम जानुभन्दा पाँच मिनेट पहिले सनस्क्रिन लगाउनुहुन्छ भने यसले फाइदा भन्दा बढी नोक्सान गर्न सक्छ । सनस्क्रिन मात्र नभई घाममा जानुभन्दा एक घण्टा पहिले अनुहारमा केही चीज भुलेर पनि लगाउनुहुन्छ भने यसको नकारात्मक असर देखापर्न सक्छ । यसकारण यी ५ चीजलाई पूर्ण रूपमा हटाउनुहोस्।  

त्वचामा रहेको मेलेनिन अल्ट्रा भायलेट रेजलाई त्वचामा जानबाट रोक्छ तर यस्ता कयौँ विभिन्न चीज छन्, जसमा पाईने ब्लीचिंग एजेन्ट्स मेलेनिन प्रोडक्शन कम गर्छ । कयौँ पटक यी चीजबाट एलर्जी पनि हुनसक्छ, जसका कारण डन्डीफोर र रेशेज हुने आशंका बढ्छ ।

१- कागतीको रस

यसमा ब्लीचिंग प्रोपर्टीज हुन्छ । यसले घाममा जानुभन्दा अघि लगाउँदा अनुहारमा रेशेज र डन्डीफोर आउन सक्छ ।

२-आलूको रस

यसमा पाईने ब्लीचिंग एजेन्ट्सले त्वचामा रेशेज हुनसक्छ । यसलाई घाममा जानुभन्दा दुई घण्टा पहिले पनि लगाउनुहुँदैन ।

३-टमाटर

यसलाई घाममा जानुभन्दा अघि कहिल्यै लगाउनुहुँदैन किनभने यसले अनुहार पोल्ने वा चिलाउने समस्या हुनसक्छ ।

४-दही

यसलाई घाममा जानुभन्दा दुई घण्टा अघि सम्म पनि लगाउनु हुँदैन । यसबाट त्वचामा रेशेज हुनसक्छ र त्वचाको सुख्खापन बढ्छ ।

५-बेकिंग सोडा

यसलाई लगाउँदा त्वचामा इरिटेशन हुनसक्छ । चाउरीपना र डन्डीफोरको समस्या बढ्छ । 

के गर्नुपर्दछ छ

१- मह र बेसारलाई मिलाएर लगाउँदा सन टैनिंगबाट छुटकारा मिल्छ ।

२-काक्राको रसमा गुलाब जल मिलाएर लगाउँदा टैनिंगको असर कम हुन्छ ।

३-चामलको पेस्टमा काँचो दूध मिलाएर लगाउँदा त्वचाको कालोपन हट्छ ।

तपाईको प्रतिक्रिया