ताजा खबर :-दूध एक पूर्ण आहार हो । यसमा आधारित कयौँ झुठो तथ्य छन्, जसलाई अधिकांश मानिसले साँचो मानिरहेका छन् । दूधमा गरिएको विभिन्न अध्ययनले यसलाई झुठो सावित गरेको छ । चिकित्सकका अनुसार, दूधमा आधारित यस्ता ५ झुठो तथ्य र यसको सत्यता जानी राख्नुहोस् ।

दूध पिउनु अघि यी कुरा विशेष ध्यान दिनुहोस्

-जो मानिस वजन बढाउन चाहन्छन, उनीहरूले दूधमा घीउ मिलाएर पिउनुहोस् ।

-जुन मानिसहरूलाई दूध पिउने बित्तिकै पेटमा समस्या हुन्छ भने उनीहरूले दूधमा अदुवा, ल्वांग, इलायची वा केसर मिलाएर पिउनुपर्दछ ।

-दूधको साथमा खट्टो फल, माछा वा दही खानुहुँदैन । यसले स्वास्थ्यलाई नोक्सान पुर्याउँछ ।

दूध सम्बन्धित यी ५ झुठो तथ्य र यसको सत्यता

१- दूध पिउँदा वजन बढ्छ यदि वजन कम गर्न चाहनुहुन्छ भने दूधको सेवन गर्नुहुँदैन

साँचो तथ्य- दूधमा पाईने क्याल्शियम, प्रोटीनले लामो समय सम्म पेट भरिएको महसूस हुन्छ । यसले पटक-पटक भोक लाग्दैन र वजन कम हुन्छ । वजन कम गर्न चाहनुहुन्छ भने स्किम्ड मिल्क पिउनुहोस् ।

२- जति सक्दो बढी दूध पिउन सक्नुहुन्छ । यसले स्वास्थ्यमा कुनै नोक्सान पुर्याउँदैन ।

साँचो तथ्य- धेरै दूध पिउँदा शरीरमा आयरनको कमी हुनसक्छ । यसले मुटु सम्बन्धि समस्या हुनसक्छ र हड्डी कमजोर हुन्छ ।

३- फ्लेभर्ड मिल्क सादा दूध भन्दा बढी स्वस्थ हुन्छ ।

साँचो तथ्य- फ्लेभर्ड मिल्कमा आर्टिफिशियल स्वाद र मिठास हुन्छ । यसले स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ । यसकारण फ्लेभर्ड मिल्क भन्दा सादा दूध फाइदाजनक हुन्छ ।

४- गाई वा भैँसीको दूध प्याकेट दूध भन्दा बढी स्वास्थ्यवर्धक हुन्छ ।

साँचो तथ्य- गाई वा भैँसीको दूधमा मिलावटको सम्भावना अधिक रहन्छ । यसकारण प्याकेट दूध पिउनुहोस् । यसबाट शरीरलाई प्रयाप्त न्यूट्रीएन्ट्स मिल्छ ।

५- रातीमा दूध पिउनु हुँदैन । यसले निन्द्रा लाग्दैन ।

साँचो तथ्य- दूधमा अमीनो एसिड्स हुन्छ । यसले दिमाग शान्त रहन्छ र राम्रो निन्द्रा लाग्छ ।

दूध पिउनु अघि यी कुरा विशेष ध्यान दिनुहोस्

-जुन मानिसहरू वजन बढाउन चाहन्छन, उनीहरूले दूधमा घीउ मिलाएर पिउँदा फाइदाजनक हुन्छ ।

-जुन मानिसहरूलाई दूध पिउने बित्तिकै पेटमा समस्या हुन्छ भने उनीहरूले दूधमा अदुवा, ल्वांग, इलायची वा केसर मिलाएर पिउनुपर्दछ ।

-दूधको साथमा खट्टो फल, माछा वा दही खानुहुँदैन । यसले स्वास्थ्यलाई नोक्सान पुर्याउँछ ।

तपाईको प्रतिक्रिया