ताजा खबर :-कतिपय मानिसको धारणा अनुसार, आलूको प्रयोगले वजन बढाउँछ भन्ने गर्दछन् । यो अवस्था तब हुन्छ जब तपाईले आलूलाई तेल तारेर खानुहुन्छ । यदि आलूलाई काँचो उमालेर वा भुटेर खानुहुन्छ भने यो निकै लाभकारी हुन्छ । यसमा प्रशस्त भिटामिन, मिनरल्स र फाइबर्स हुन्छ, जसले कयौँ स्वास्थ्य समस्याका लागि लाभदायक हुन्छ ।

आलू न्यूट्रिएन्ट्सले भरिपूर्ण हुन्छ । यसमा मुख्य रूपमा स्टार्च हुन्छ । आलूमा अल्कलाइन हुन्छ, यसकारण यसले शरीरमा एसिड स्तर सन्तुलित राख्छ । आलूमा सोडियम, पोटाशियम र भिटामिन A पनि प्रयाप्त मात्रामा पाईन्छ । आलूको सबैभन्दा अधिक महत्वपूर्ण न्यूट्रिएन्ट भिटामिन C हो ।

आलूको न्यूट्रिएन्ट्सको फाईदा लिनको लागि यसलाई सधैँ बोक्रा सहित पकाउनुहोस् किनकि आलूको सबैभन्दा अधिक पौष्टिक भाग बोक्रामा हुन्छ, जुन प्रोटीन र मिनरल्सले भरिपूर्ण हुन्छ । आलूलाई उमालेर, भुटेर वा अन्य सागसब्जीको साथमा पकाउने गरिन्छ, यसकारण यसको न्यूट्रिएन्ट्स सजिलै प्राप्त हुन्छ । आलूको रस निकाल्नको लागि जूसरको प्रयोग गर्न सकिन्छ वा यसलाई पिसेर वा कुटेर र कपडाले छानेर रस निकाल्न सकिन्छ ।

एक मात्र आलूको १० फाइदा

१-गोरोपन

एक काँचो आलूको रस निकाल्नुहोस् । दुई चम्मच काँचो दूध मिलाउनुहोस् र अनुहारमा लगाएर १० मिनेटपछि धुनुहोस् ।

२-पत्थरी

एक आलूको बोक्रा निकाल्नुहोस् र यसलाई पानीमा उमालेर त्यहि पानी पिउनुहोस् । बोक्रा पनि चपाएर खानुहोस् ।

३-डाईजेशन समस्या

एक आलूको रस निकाल्नुहोस् र हल्का कालो नून मिलाएर खाना खानुभन्दा आधा घण्टा अघि पिउनुहोस् ।

४-उच्च रक्तचाप

एक आलूलाई धोएर उमाल्नुहोस् र यसलाई बोक्रा सहित चपाएर दिनमा दुई पटक खानुहोस् ।

५-आर्थराइटिस

एक काँचो आलूको रस निकाल्नुहोस् । खाना खानुभन्दा एक घण्टा अघि एक कप पानीमा मिलाएर दिनहुँ पिउनुहोस् ।

६-चाउरीपाना

एक काँचो आलूको रस निकाल्नुहोस् र यसमा अण्डाको सेतो भाग मिलाएर अनुहारमा  लगाउनुहोस् । १० मिनेट पछी अनुहार धुनुहोस् ।

७- सुन्दर एवम् चम्किलो अनुहार

एक आलूको स्लाइस काट्नुहोस् । अनुहारमा हल्का हातले मसाज गर्नुहोस् र सफा पानीले अनुहार धुनुहोस् ।

८-शरीर पोल्यो वा काटियो भने

एक आलूलाई उमालेर चिसो हुन दिनुहोस् । आलूको बोक्रा र गुदीको पेस्ट बनाई पोलेको ठाउँमा लगाउनुहोस् ।

९-हेल्दी ब्रेन

एक आलूको रस निकाल्नुहोस् । राती सुत्नु अघि एक गिलास पानीमा मिलाएर दिनहुँ पिउनुहोस् ।

१०-महिनावारीको समस्या

एक काँचो आलूको रस निकाल्नुहोस् । यसमा हल्का थोरै बेसार मिलाएर महिनावारीको अवधिमा पिउनुहोस् ।

तपाईको प्रतिक्रिया