ताजा खबर:- भोकले शरीरमा ऊर्जाको आवश्यकतालाई संकेत गर्छ । भोकको केही प्रकार हुन्छन्, जसमा एकथरीको भोक यस्तो हुन्छ, जसले कुनै पनि चीज खानको लागि प्रेरित गर्छ । अर्कोथरीको भोक त्यो हो, जसमा भोक पटक-पटक लाग्छ र यो भोक विशेष स्वाद र चीजको लागि हुन्छ । यसलाई खाएर नै तपाईलाई सन्तुष्टि मिल्छ । तपाईलाई जुन चीजको भोक लाग्छ, त्यसैले स्वास्थ्य समस्यातर्फ इशारा गर्छ । जान्नुहोस्, भोकको प्रकारबाट तपाईको स्वास्थ्यको जानकारी-

१-यदि तपाई कुनै विशेष चीज पटक-पटक खाने मन गर्नुहुन्छ र हरेक पटक भोक लाग्दा तपाईलाई त्यही चीज चाहिन्छ भने तपाईको शरीरमा पोषणको कमी छ । यसकारण तपाईले चिकित्सक र डाइटीशियन सँग सल्लाह लिनुपर्दछ ।

२-यदि तपाईलाई अधिक भोक लागेको छ र यसको साथै टाउको दुख्छ भने तपाई माइग्रेनको पहिलो चरणमा हुन सक्नुहुन्छ । यस स्थितिमा विशेषगरी चकलेट खाने मन धेरै हुन्छ ।

३-यदि तपाईलाई भोक भन्दा पनि पटक-पटक प्यास लाग्छ र घाँटी सुख्खा हुनथाल्छ भने यसले तपाईको ब्लड शुगर स्तरमा परिवर्तनलाई देखाउँछ । यस अवस्थामा पटक पटक पिशाब लाग्ने समस्या हुनसक्छ ।

४- चिप्स वा यस किसिमको तेलमा तारेको नूनिलो चीजको भोक र पटक-पटक यसलाई खाने मन गर्नु डिहाइड्रेशनको लक्षण हुनसक्छ । शरीरमा उर्जाको सन्तुलन बिग्रदा यो स्थिति बन्न सक्छ । यसको कारण अनिन्द्रा पनि हो ।

५-यदि तपाईलाई पटक-पटका चिसो चीज खान मान लाग्छ भने यो आयरनको कमीको संकेत हुनसक्छ । यस अवस्थामा चिकित्सकको परामर्श अवश्य लिनुहोस् ।

तपाईको प्रतिक्रिया