ताजा खबर:- अधिकांश मानिसहरूको टाउको तल सिरानी लगाएर सुत्ने बानी हुन्छ । मुलायम सिरानी लगाएर सुत्दा हामी आरामदायक महसूस गर्दछौँ तर के तपाईलाई थाहा छ कि सिरानी लगाएर सुत्दा ढाड सम्बन्धि समस्याहरूको साथै डन्डीफोर र चाउरीपना सम्मको समस्या उत्पन्न हुनसक्छ । बिना सिरानी लगाएर सुत्ने सल्लाहको बारेमा तपाईले धेरै पटक सुन्नुभएकै होला तर यसो गर्नाले तपाईलाई के-के फाइदा हुनसक्छ, यसको बारेमा आज हामी यहाँ चर्चा गर्दैछौँ ।

बिना सिरानी लगाएर सुत्नुको फाइदा-

डन्डीफोर र चाउरीपनालाई रोक्न मद्दतगार- बिना सिरानी लगाएर सुत्ने बानीले डन्डीफोरबाट छुटकारा मिल्छ । सिरानीको खोलमा प्रशस्त मात्रामा धूलो-माटो र ब्याक्टेरिया हुन्छ, जो अनुहारको त्वचामा टासिएर डन्डीफोरको समस्या उत्पन्न हुन्छ । यसको साथै सिरानीमा हाम्रो अनुहारको त्वचा निकै आरामको स्थितिमा हुन्छ । यसबाट अनुहारमा चाउरीपनाको खतरा बढ्छ । यस्तो अवस्थामा डन्डीफोर र कम उमेरमै चाउरीपनाको समस्याबाट आराम पाउनका लागि आजै देखि सिरानीको प्रयोग गर्न बन्द गर्नुहोस् ।

ढाड दुख्ने समस्यालाई रोक्न मद्दतगार- जब हामी बिना सिरानी सुत्छौँ तब हाम्रो ढाड आरामको मुद्रामा हुन्छ र शरीर प्राकृतिक वक्रतामा हुन्छ । यस्तो अवस्थामा मोटो सिरानीको साथ सुत्दा ढाडमा दुखाई हुने समस्या हुनसक्छ । यदि तपाईलाई पनि ढाड दुख्ने समस्या हुन्छ भने तुरुन्त सिरानीको प्रयोग बन्द गर्नुहोस् ।

निन्द्राको क्वालिटीमा सुधार हुन्छ- यदि तपाई सोच्नुहुन्छ कि सुत्ने समयमा मखमली सिरानी तपाईको गर्दन र टाउकोको सपोर्ट गर्छ र तपाईको निन्द्रा राम्रो हुन्छ भने यो गलत सोच हो । एक सोधमा बताइएको छ कि बिना सिरानी सुत्दा निन्द्राको क्वालिटीमा सुधार आउँछ । यसको साथै यसले इन्सोम्निया जस्ता निन्द्रा नलाग्ने समस्याहरूबाट आराम दिलाउनमा पनि मद्दत गर्छ ।

स्मरण बढाउँछ- सुतेको समयमा हाम्रो मस्तिष्क आरामको स्थितिमा हुन्छ । बिहान जब हामी मानसिक रूपले फ्रेश भएर उठ्छौँ तब हाम्रो स्मरण शक्ति स्वस्थ रहन्छ । यसबाट स्मरण शक्ति दुरुस्त हुन्छ । तर यस्तो तब सम्भव हुन्छ जब हाम्रो सुत्ने पोजिशन सही हुन्छ । सही पोजिशनमा सुत्नको लागि टाउको तलबाट सिरानी हटाउन आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया