ताजा खबर:- पुरुषहरूमा अण्डाशय बाहिरतर्फ हुन्छ । यस्तो यसकारण हुन्छ कि अण्डाशयमा रहेको शुक्रकिटलाई अत्यधिक कम तापमानको आवश्यकता हुन्छ । यस्तो अवस्थामा यदि हाम्रो कुनै किसिमको बानीको कारणले यसको तापमानमा वृद्धि हुन्छ भने यसबाट शुक्रकिटलाई पनि नोक्सान पुग्छ । साथै हाम्रो विभिन्न किसिमको यस्ता बानी हुन्छन्, जसले शुक्रकिटको स्वास्थ्यलाई प्रभावित गर्छ । आज हामी पुरुषहरूको ती बानीको बारेमा चर्चा गर्दैछौँ, जसको कारणले शुक्रकिटमा नकारात्मक असर पर्छ ।

१-कार्बोनेटेड ड्रिंक्सको सेवन- कार्बोनेटेड र फिज्जी ड्रिंक्स पिउने पुरुषहरूको शुक्रकिटमा यसको नकारात्मक असर पर्छ । यसबाट शुक्रकिटको गतिशीलता कमजोर हुन्छ । साथै बढी मात्रामा बियर पिउनुको कारणले पनि शुक्रकिटको गतिशीलता कम हुन्छ । विशेषगरि कार्बोनेटेड ड्रिंक्स सुगरले भरिपूर्ण हुन्छ । यसले शरीरमा इन्सुलिन प्रतिरोधलाई बढाउँछ, जसबाट शुक्रकिटको मोबिलिटी प्रभावित हुन्छ ।

२-मोबाइल पाइन्टको जेब राख्नु- आफ्नो सेलफोनलाई पाइन्टको जेबमा राख्नु बढी सुरक्षित लाग्छ तर यो शुक्रकिटको स्वास्थ्यको लागि सही हुँदैन । मोबाइल फोनहरूबाट निस्कने रेडिएशन्स यदि शुक्रकिटको नजिक रहेमा यसबाट शुक्रकिटको संख्यामा कमी आउँछ । एक सोधमा भनिएको छ कि पाइन्टको जेबमा मोबाइल फोन राख्दा शुक्रकिटको संख्यामा ९ प्रतिशतले कमी आउँछ ।

३-काखमा ल्यापटप राखेर काम गर्नु- पुरुषमा अण्डाशय बाहिरतर्फ यसकारण हुन्छ कि शुक्रकिटको लागि उचित तापमानको आवश्यकता हुन्छ । जब कसैले ल्यापटपलाई काखमा राखेर काम गर्दछन्, यस्तो अवस्थामा तापमान बढ्छ, जसले शुक्रकिट नष्ट हुन्छ ।

४-तातो पानीले नुहाउनु- तातो पानीले नुहाउनुको कारणले पनि अण्डाशयको तापमानमा वृद्धि हुन्छ । यो शुक्रकिटको स्वास्थ्यको लागि सही हुँदैन ।

५-निन्द्राको कमी- हरेक दिन कम्तीमा ७-८ घण्टाको निन्द्रा स्वास्थ्यको लागि आवश्यक हुन्छ । शुक्रकिटमा पनि उचित गतिशीलता बनाई राख्नको लागि प्रयाप्त निन्द्राको निन्द्राको आवश्यकता हुन्छ । कम मात्रामा निन्द्रा लिँदा शुक्रकिटको संख्यामा असर पर्नुको साथै कामेच्छामा पनि नकारात्मक असर पर्छ ।

तपाईको प्रतिक्रिया