ताजा खबर:- मकर संक्रान्तिको समय तिल र भेलीको लड्डु हरेक घर-घरमै बनाईने गरिन्छ । यो एकदमै स्वादिष्ट हुनुको साथै स्वास्थ्यका लागि विभिन्न किसिमले फाइदाजनक हुन्छ । यदि विश्वास नलागेमा जान्नुहोस्, यी ५ फाइदा-

१-तिलको लड्डु पेटको लागि निकै गुणकारी हुन्छ । तिल र भेलीको लड्डुको सेवन कब्जियत, ग्यास्ट्रिक र एसिडिटीको समस्याबाट छुटकारा दिलाउन र पेटलाई सफा राख्नका लागि निकै मद्दतगार हुन्छ ।

२-चिसो मौसममा तिलको लड्डु खाँदा चिसोको दुष्प्रभावबाट बँच्न र शरीरमा आवश्यक तातोपना उत्पन्न गर्नका लागि विशेष रूपले मद्दत गर्छ । भोक बढाउनको लागि पनि यसको महत्वपूर्ण भूमिका हुन्छ ।

३-महिलाहरूमा हुने महिनावारी सम्बन्धि समस्याहरूमा यो लाभकारी हुन्छ । यसले केवल दुखाईबाट आराम दिलाउने मात्र नभई महिनावारीलाई नियमित बनाउँछ ।

४-यसले पाचन प्रणालीमा सुधार ल्याउँछ र शरीरमा रगतको मात्रा बढाउन पनि निकै महत्वपूर्ण भूमिका निभाउँछ । सुख्खा ड्राइड फ्रूट र घी को प्रयोग गरी बनाईने हुँदा यो निकै पौष्टिक हुन्छ र कपाल एवम् त्वचाको लागि विशेष रूपले लाभदायक सावित हुन्छ ।

५-तनावलाई कम गर्नका लागि तिलको लड्डु सेवन गर्न सकिन्छ किनकी यो तिल र भेलीको सेवनले मानसिक दुर्बलतालाई कम गर्न मद्दतगार हुन्छ ।

तपाईको प्रतिक्रिया