ताजा खबर:-

१-एक औसत व्यक्तिको शरीरमा १० यूनिट अर्थात् (५-६ लीटर) रगत हुन्छ ।

२-रक्तदानमा केवल १ यूनिट रगत लिने गरिन्छ ।

३-कयौँ पटक केवल एक कार दुर्घटनामा नै १०० यूनिट रगतको आवश्यकता पर्ने गर्दछ ।

४-एक पटकको रक्तदानबाट तपाईले ३ व्यक्तिको जीवन बचाउन सक्नुहुन्छ ।

५-‘O नेगेटिभ’ ब्लड ग्रुप यूनिभर्सल डोनर मानिन्छ, यसलाई कुनै पनि ब्लड ग्रुपको व्यक्तिलाई दिन सकिन्छ ।

६-इमरजेन्सीको अवस्थामा जस्तै:- जब कुनै नवजात शिशु या अन्यलाई रगतको आवश्यकता भएमा र उसको ब्लड ग्रुप पत्ता नलागेमा तब उसलाई ‘O नेगेटिभ’ ब्लड दिन सकिन्छ ।

७-ब्लड डोनेशनको प्रक्रिया निकै सरल हुन्छ र रक्तदातालाई यसमा कुनै विशेष कठिनाई हुँदैन ।

८-तपाईले १८ देखि ६० वर्षको आयु सम्म रक्तदान गर्न सकिन्छ ।

९-रक्तदाताको वजन, पल्स रेट, ब्लड प्रेशर, शरीरको तापक्रम आदि सामान्य हुँदा चिकित्सक या ब्लड डोनेशन टीमको सदस्यले तपाईको ब्लड लिन्छन ।

१०-पुरुषले ३ महिना र महिलाले ४ महिनाको अन्तरालमा नियमित रक्तदान गर्न सक्छन् ।

११-हरेक व्यक्तिले रक्तदान गर्न सक्दैनन् । यदि तपाई स्वस्थ हुनुहुन्छ, तपाईलाई कुनै प्रकारको ज्वरो या रोग छैन भने तपाई रक्तदान गर्न सक्नुहुन्छ ।

१२-यदि कहिलै रक्तदान पश्चात चक्कर आउनु, पसिना आउनु, वजन कम हुनु या कुनै पनि प्रकारको समस्या लामो समयसम्म रहीरहेमा तपाईले रक्तदान नगर्नुहोस् ।

एक रिसर्चको पाइएको छ कि रक्तदान गर्नुको विभिन्न फाइदा पनि छन् । जस्तै हर्ट अट्याक, मधुमेह, क्यान्सरको आशंका कम हुनु । शरीरमा कोलेस्ट्रोलको मात्रा घट्नु । शरीरमा बढी आइरन हुनु पनि शरीरको लागि हानिकारक हुने गर्छ । रक्तदान गर्नाले आइरनको मात्रा शरीरमा नियन्त्रित रहन्छ । रक्तदान महादान हो । यसबाट कसैको जीवन बचाउन तपाईको ठूलो भूमिका रहेको हुन्छ, जुन खुशीको कुनै सीमा छैन केवल महसूस गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया