ताजा खबर:- व्यस्त जीवनशैलीका कारण गलत खानपान र तनावको बीच मानिसहरूमा वर्तमान समयमा यौन क्षमतासँग जोडिएका कयौँ समस्याहरू हुनु सामान्य कुरा हो । यस्तो अवस्थामा यदि तपाई आफ्नो आहारमा घरमै उपलब्ध केही विशेष चीजहरू समावेश गरेमा तपाईको रोमान्टिक जीवन अझ राम्रो हुन्छ ।

लसुन

लसुनमा एलिसिन नामक रसायन पाईन्छ, जसले शरीरमा रक्त प्रवाह तीव्र बनाउँछ र कामेच्छा बढाउन मद्दत गर्छ ।

पालक

पालकमा फोलिक एसिड प्रशस्त मात्रामा पाईन्छ, जसले कामेच्छा बढाउन मद्दत गर्नुको साथै महिलाहरूमा फार्टिलिटी बढाउन पनि सहायक हुन्छ ।

अण्डा

अण्डामा भिटामिन बी-6 र बी-५ अधिक मात्रामा हुन्छ । यसले शरीरमा हर्मोन्सको स्तर सामान्य गर्छ र तनावबाट आराम दिलाउँछ । यी दुवै स्थितिमा कामेच्छा बढाउन मद्दतगार हुन्छ । कामेच्छा बढाउनुको साथ-साथै यसले शरीरमा ऊर्जाको स्तर पनि बढाउँछ ।

चकलेट

चकलेटमा अल्कालोयड थियोब्रोमाइन हुन्छ, जसले शरीरमा प्रेम र भावानको हार्मोन्सलाई बढाउन मद्दत गर्छ । साथै यसमा एन्टीअक्सीडेन्ट्स भरिपूर्ण मात्रामा हुन्छ, जो तपाईको शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया