एजेन्सी । नियम कानुनले कलाकार वा प्रतिष्ठित ब्यक्ति भन्दैन । यसैबिच नियम विपरित भारतीय जनता पार्टीका सांसद तथा बलिउड अभिनेता शत्रुघ्न सिन्हाको घर मुम्बइ महानगरपालिकाले भत्काइदिएको छ ।

शत्रुघ्न छोरी सोनाक्षीसहित पूरै परिवार बस्दै आएको मुम्बइको जुहुस्थित ८ तले घर छत र भुइँतलामा बिना इजाजत शौचालय र पूजाघर बनाएको आरोप लगाउँदै छत र भुइँतलामा बिना इजाजत शौचालय र पूजाघर बनाएको आरोप छ । घर भत्काउनु अघि पटक पटक ताकेता गर्दा पनि सिन्हा परिवारले अटेरी गरेका कारण घर भत्काउनुपरेको हानगरपालिकाले बताएको छ । घर भत्काइरहेका बेला शत्रुघ्न घरमै भएको तर नियम विपरित यस्तो काम गरेका कारण उनी लाजले बाहिर ननिस्किएको बताइएको छ ।

तपाईको प्रतिक्रिया