काठमाडौँ । नदेखेको भए हुन्थ्यो तिमीलाईकी गायिका जुना प्रसाई जादुमयी स्वरकी गायिका मानिन्छन् । उनै सुमधुर स्वरकी सुन्दरी गायिका जुनाले आफ्नो मात्रै होइन हरेक ब्यीक्तको बचपनालाई झजल्को दिने किसिमको गीत तारा बाजी लै लै लिएर आएकी छिन् ।

हरेक ब्यक्तिको गाथा र कथा भएको र हरेकले भोग्ने समय र काललाई रमाइलो तरिकाले भिडियोमा उर्तान निर्देशक युवराज वाइवा सफल देखिन्छन् । पप, आधुनिक र पूर्वेली लोक गीत गरी सयौँ गीतमा स्वर भरिसकेकी चर्चित गायिका जुनाको कलात्मक गायकी सँगसँगै दीपक शर्माको जादुमयी संगीत र रचनात्मक शब्दले सजिएको गीतमा उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

जसमा केशव भट्राई, रश्मी भट्ट, अभिज्ञा प्रसाई,एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय रहेको छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने गीतलाई गायिका जुनाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया