काठमाडौँ । आजको युग विज्ञान र प्रबिधिको युग हो । युवा, बृद्ध होस् वा प्रौढ यदि ब्यक्तिमा इच्छाशक्ती हुने हो भने हरेक ब्यक्तिले आफ्नो जीवनमा कुनै न कुनै नयाँ काम गरेर देखाउन सम्भव छ भन्ने कुराको पछिल्लो उदाहरण हुन् सल्यानको ढोरचौर गाँउपालिका–५ का १५ वर्षीय दिपक राना । राना कक्षा ८ मा अध्यनरत बिद्यार्थी हुन् ।

रानाले कक्षा ७ मा अध्यनरत साथी १३ वर्षीय बसन्त बुढाथोकी र कक्षा ५ मा पढ्ने १२ वर्षीय निरज रोकासँग मिलेर सानो हेलिकप्टर निर्माण गरेका हुन् । जुन हेलिकप्टर छैठौँ कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवमा प्रदर्शनमा राखिएसँगै अहिले चौतर्फी चर्चामा रहेको छ । सानो नमुना हेलिकप्टर महोत्सवमा प्रदर्शनमा राखिएको र त्यसको बारेमा जानकारी दिँदै गर्दा भेटीएका किशोरहरुले निकै खुशी हुँदै भने हामीले १५ दिन लगाएर हेलिकप्टर तयार पारेका हौँ ।’

उक्त सानो हेलकप्टर उडाउन खोज्दा मोटर बिग्रिएका उडाउन सम्भव भएन । एकसाथ २ जना बस्न मिल्ने सो हेलिकप्टर करिब २० मीटर माथि उड्न सक्ने दिपक राना जानाकारी दिए । सानो हेलकप्टरलाई फलाम काठ र जस्तापाता बाट तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया