काठमाडौँ -चर्चित रियल जोडी संजोग र वर्षाले अब रिलमा पनि पहिलो पटक एकसाथ रोमान्स गर्ने भएका छन् ।उनीहरुले दिपेश सापकोटाको निर्देशनमा बन्न लागेको फिल्म एउटा यस्तो प्रेम कहानी’मा एकसाथ काम गर्न लागेका हुन् । यसै फिल्मबाट निर्माता बन्न लागेका शिव श्रेष्ठको पनि यो फिल्ममा बिशेष भुमिका हुने बताइएको छ ।

साथमा नरेन खड्का, बिष्णु चेम्जोंग लगायतका कलाकार पनि फिल्मका लागि अनुवन्धित भइसकेका छन् । यो फिल्मको कथा निर्माता तथा नायक श्रेष्ठ आफैंले लेखेका हुन् ।शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । चाँडै निर्माण यूनिटले फिल्मको टीजर सार्वजनिक गर्दैछ ।

तपाईको प्रतिक्रिया