ताजा खबर:- खाद्य पदार्थलाई सेवन गर्ने समयले निकै हद सम्म तपाईको स्वास्थ्यलाई प्रभावित गर्छ । फलफूल स्वास्थ्यवर्धक हुन्छ तर फलफूललाई रातीमा खानबाट बँच्नुपर्दछ । रातीमा फलफूल खाँदा ब्लड सुगरको स्तर प्रभावित हुन्छ । आज हामी चर्चा गर्दैछौँ कि यस्तो अवस्थामा कुन-कुन खाद्य पदार्थ छन्, जसलाई रातीमा खानबाट बँच्नुपर्दछ ।

केरा- यसमा पोटाशियम, म्याग्नेशियम र फाइबर हुन्छ । दिउँसोको समयमा यसको सेवन स्वास्थ्यको लागि उपयोगी मानिन्छ । केराको सेवनले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । त्वचामा निखार ल्याउँछ तर राती सुत्नुअघि केराको सेवन गरेमा तपाईलाई बलगम र पाचन सम्बन्धि समस्या हुनसक्छ ।

स्याउ- स्याउ फाइबर र एन्टीअक्सीडेन्ट्सको राम्रो स्रोत हुन्छ । बिहान स्याउ खाँदा यसमा पाईने पेक्टिन नामक तत्व अद्भूत रूपले ब्लड सुगरलाई नियन्त्रित राख्दै कोलेस्ट्रोल स्तर सही राख्छ । रातीमा स्याउ खाँदा शरीरमा पेक्टिन सजिलै पाचन हुँदैन ।

आलू- यो स्टार्च, भिटामिन सी एवम् बी-6, फाइबर, म्याग्नेशियम आदिको राम्रो स्रोत मानिन्छ । बिहानको समय आलूको सेवन तपाईको शरीरको कोलेस्ट्रोल स्तरलाई नियन्त्रित गर्छ । यदि तपाई रातीमा आलूको सेवन गर्नुहुन्छ भने यसबाट वजन बढ्ने सम्भावना हुन्छ ।

नट्स- यसमा ओमेगा-3 एसिड, बोसो, भिटामिन ई र अन्य पोषक तत्व प्रचुर मात्रामा पाईन्छ । यसले मुटुलाई स्वस्थ राख्छ । दिउँसोमा यसको सेवनले ब्लड प्रेशरको स्तर सही राख्छ । रातीमा यसको सेवन गर्दा यसमा पाईने बोसोले वजन बढाउन सक्छ ।

चीज- चीज क्याल्शियम र भिटामिन बी12 को निकै राम्रो स्रोत मानिन्छ । बिहानको समयमा चीजको सेवन स्वास्थ्यका लागि निकै फाईदाजनक हुन्छ । यदि तपाई वजन बढाउन चाहनुहुन्छ भने राती सुत्नुअघि यसको सेवन गर्नुहोस् ।

भात- दिउँसोमा भात खाँदा शरीरको मेटाबोलिज्मलाई बढाउँछ । रातीमा भात खाँदा वजन बढ्न सक्छ ।

टमाटर- भिटामिन सी ले भरिपूर्ण टमाटरलाई रातीको समय खाँदा क्यान्सरको खतरा उत्पन्न गर्न सक्छ ।

तपाईको प्रतिक्रिया