ताजा खबर:- यदि तपाई विदेश जाँदै हुनुहुन्छ र भीजा अप्लाई गर्ने तयारीमा हुनुहुन्छ भने यस अघि भीजाको बारेमा विशेष जानकारी राख्नुहोस् । भीजा एक किसिमको परमिशन लेटर हुन्छ, जसको माध्यमले एक देशको सरकार दोस्रो देशको नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्न दिन्छ । तपाई विदेश कति दिन र कुन तरिकाले रहन सक्नुहुन्छ, यो सम्पूर्ण कुरा तपाईको भीजा परमिटमा निर्भर गर्छ । यो पनि विभिन्न किसिमको हुन्छ ।

Immigrant Visa

इमीग्रेशन भीजाको आवश्यकता ती मानिसलाई पर्छ, जो कुनै दोस्रो देशमा गएर बस्न चाहन्छन् ।

Marriage Visa

जब कुनै एक देशको केटालाई कुनै अर्को देशको केटीसँग विवाह गर्नुपर्ने छ, जस्तै नेपाली केटा अमेरिकन केटीसँग विवाह गर्न चाहन्छ भने त्यो केटीले अमेरिकामा नेपाली एम्बेसीमा गई भीजा अप्लाई गर्नुपर्दछ ।

Student Visa

यस भीजाको माध्यमले तपाई कुनै दोस्रो देशमा पढ्नको लागि जान सक्नुहुन्छ । यसमा केवल विद्यार्थीले मात्रा अप्लाई गर्न सक्छन् । हरेक देशको आफ्नै केही प्रक्रिया हुन्छ, जसलाई पूरा गरेमा यो भीजा मिल्छ ।

Business Visa/ Work Permit Visa

यसको माध्यमले तपाईलाई त्यस देशमा बिजनेश या जोब प्रपोजल लेटर देखाउनु पर्छ । यसमा पनि बताउनु पर्दछ कि तपाई कुन ठाउँमा र कुन काम गर्न चाहनुहुन्छ । हरेक देशमा यसको समय सीमा अलग-अलग हुन्छ । यही भीजा ६ महिना देखि १० वर्ष सम्म पनि हुनसक्छ ।

Transit Visa

कुनै दोस्रो देशमा प्रवेश गर्नका लागि यो भीजा घण्टाको हिसाबले दिने गरिन्छ । हुनत: यो ७२ घण्टाको लागि नै हुन्छ । यस किसिमको आवेदन भर्नको लागि रिटर्न टिकट पनि देखाउनु पर्दछ ।

Tourist Visa

हुनत: यसको नामबाट पनि थाहा हुन्छ कि यस किसिमको भीजामा तपाई केवल भ्रमण मात्र गर्न सक्नुहुन्छ । यसमा तपाईले विदेशमा कुनै पनि काम गर्न सक्नुहुँदैन ।

तपाईको प्रतिक्रिया