एजेन्सी । बलिउड सुपरस्टार सलमान खानलाई डन लरेन्स विश्नोइले ज्यान मार्ने धम्की दिएसँगै प्रहरीले फिल्म ‘रेस–३’ को सुटिङ रोकिदिएको छ । रेमो डिसुजाको निर्देशनमा बन्न लागेको ‘रेस–३’ मा मुख्य भूमिकामा काम गर्दै गरेका सलमानलाई सुटिङ रोकेर कडा सुरक्षाको बीच घर पठाइएको भारतिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

प्रहरीले सुटिङ स्थलमै गएर सलमानलाई ज्यानको खतरा भएको भन्दै सुरक्षित स्थानमा जान सल्लाह दिएको थियो । सलमानले पनि प्रहरीको कुरा मान्दै सुटिङ रद्द गरेर कडा सुरक्षाका बीच घर फर्किएका छन् । सलमानलाई प्रहरीले सार्वजनिक रुपमा नआउन र सडकमा साइकल नचलाउन सल्लाह दिएको छ । पछिल्लो समय सलमानलाई डन लरेन्सले अदालतमै ज्यान मार्ने धम्की दिएका थिए ।

तपाईको प्रतिक्रिया