काठमाडौं । माओवादी नेता बालकृष्ण ढुङेलले जेलबाटै डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका छन् । २०५५ असार १० मा ओखलढुङ्गाका भु उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा डिल्लीबजार कारागारमा रहेका माओवादी नेता ढुङेलले जेलबाटै डाक्टरकेसीको आन्दोलनमा समर्थन जनाउँदै भनेका छन् इतिहासकै दोस्रो पटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनका विरुद्ध आवज बुलन्द गर्दै अदालती अन्यायको विरुद्धमा आन्दोलनको विभिन्न स्वरुपमध्ये एउटा आमरण अनसन जस्तो जोखिमयुक्त आन्दोलन गर्नु हुने डा गोविन्द केसीको साहस र आन्दोलनलाई एक्यबद्धतासाथ मेरो अभिवादन छ ।’ यो कुरा ढुङेललाई भेट्न पुगेकी उनकी जेठी छोरी विनिताले बाबु बालकृष्णलाई उदृत गर्दै आफ्नो फेसबुक वालमा लेखेकी हुन् । विनिताले बाबुका तर्फबाट भनेकी छिन् गोविन्द केसीको साहस र आन्दोलनलाई एक्यबद्धतासाथ मेरो अभिवादन छ ।’

तपाईको प्रतिक्रिया