अधिवक्ता सुजित के.सी पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानले नेपाल पुर्वमा टिस्टा र पश्चिममा सतलजसम्म पुगेको थियो । गोर्खामा वि.स १९७७ पुष २७ गते राजा नरभुपाल शाहको माहिली रानी कौशलियावीको छोराको रूपमा जन्म भएको थियो । त्यस बेला नेपालमा ५० को हारा हारीमा ससानो राज्यहरु थिए । पृथ्वीनारायण शाहको शासन सुरु हुँदा दक्षिण तर्फबाट ठुलो औपनिवेशीक राष्ट्र बेलायतले एक पछि अर्को गर्दै देशहरुलाई उपनिवेश बनाउदै अघि बढ्दै थियो । नेपाललाई एउटै शासन सुत्रमा नबाधे बेलायतले उपनिवेश बनाउने बुझी पृथ्वीनारायण शाह एकीकरण अभियान शुरु गरे । पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानले नेपाल पुर्वमा टिस्टा, पश्चिममा सतलज, उत्तर हिमालयदेखि दक्षिणमा गंगा-जमुना तटसम्म फैलिएको छ । सन् १८१४ मा औपनिवेशकारी शक्ती बेलायतले नेपाललाई दक्षिण तर्फको ५ स्थानबाट आक्रमण गर्दा तिन ठाउँमा नेपालले युद्ध हारेको थियो । तत पश्चात १८१४ डिसेम्बर २ मा बेलायतको तर्फबाट सन्धीको प्रस्ताव गरिन्छ ।

सन्धीमा नेपालले बेलायतलाई मेची पुर्वका सम्पुर्ण भुभाग र दक्षिणतर्फ महाकाली पश्चिमका सम्पुर्ण भुभाग बुझाउनु पर्ने प्रस्ताव थियो । नेपालका तत्कालीन राजाले सन्धी स्वीकारेका थिएनन् तर सन्धि नगरे नेपालको अस्तित्व नै खतरामा पर्नेदेखी १८१५ मार्च ४ मा नेपालको तर्फबाट सन्धीमा हस्ताक्षर हुन्छ । उक्त सन्धिलाई सुगौली सन्धी भनेर बुझिन्छ । सुगौली सन्धिले नेपाललाई मेची महाकालीमा सिमित गरिदियो । पछि जंग बहादुर राणाले भारतमा विद्रोह हुँदा विद्रोह दबाउन अंग्रेजलाई सहयोग गरे बापत बेलायतले नेपाललाई बाके, बर्दिया, कैलाली र कंचनपुर फिर्ता दिएको थियो । त्यस बाहेक सुगौली सन्धीमा गुमेका कुनै पनि भुभाग फिर्ता भएको छैन ।

सन् १९४७ अगस्त १४ र १५ मा पाकिस्तान र ईन्डिया स्वतन्त्र हुँदा नेपालको सुगौली सन्धिमा गुमेको भुभाग पनि स्वतन्त्र भएको थियो । तर तत्कालीन राणा शासक उक्त भुभाग फिर्ता लिएनन् । इन्डियाले धेरै समयसम्म नेपालको भुभाग सिक्किम,दार्जिलिङ,कुमाउ, गढवाल लगायता क्षेत्रमा शासन संचालन गरेको थिएन । तर नेपालले वेवास्ता गरेकोले धेरै पछि ईन्डियाले शासन शुरु गर्यो । हालसम्म पनि उक्त भुभाग फिर्ता भएको छैन । त्यस्तै सन् १९६२ मा ईन्डिया चिन युद्ध पश्चात ईन्डिया सेना नेपालको कालापानीमा आई बस्यो । कालापानीको ३७२ वर्ग कि.मि क्षेत्रफलमा आजसम्म पनि ईन्डिया सेन बसेको छ । तर पनि सबै चुप छ्न ।

त्यस्तै इन्डियासँग २६ जिल्ला जोडिएकोमा २४ जिल्लामा सिमा अतिक्रमण भएको छ । नेपाल झन्डै ६० हजार हेक्टर भन्दा धेरै भुमि ईन्डियाले अतिक्रमण गरेको छ । पृथ्वीनारायण शाहको जन्म जयन्तीले प्रत्येक नेपालीले उहाँले सुरु गरेको एकीकरण अभियानलाई बर्सनु हुँदैन । आज विदेशी हस्तक्षेप भईरहेको अवस्थामा जसरी पृथ्वीनारायण शाहले देशप्रतिको दायित्व पुरा गरे, जसरी विदेशीलाई असफल बनाए । नेपालीलाई देश, नाम र पहिचान दिए, उनको सम्मानमा नेपालीले पनि राष्ट्रप्रतीको दायित्वलाई पुरा गर्नु पर्ने हुन्छ । देशलाई स्वाधिन, स्वतन्त्र, अखण्ड बनाई राख्न प्रयत्न गरे मात्र पृथ्वीनारायण शाहप्रति सच्चा सम्मान हुने छ ।

तपाईको प्रतिक्रिया