काठमाडौँ । राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको आज जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९६ औं पृथ्वीजयन्ती मनाइँदैछ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्र रुपमा जन्मिएका पृथ्वी नारायण शाहले आधुनिक नेपालको खाका कारेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउँदै आइएको र यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाइने गरिएकामा २०६२र२०६३ सालको आन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरिदिएपनि सरकारले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिएको छ ।

यद्यपी दिवसका अवसरमा आज देशभर जनस्तरबाट पनि भब्य रुपमा राष्ट्र निर्माता शाहको सम्झनामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैछ । आज जनस्तरबाट पनि देशभर विभिन्न कार्यक्रम गरी उनको जन्मजयन्ती धुमधामका साथ मनाइदैछ ।

तपाईको प्रतिक्रिया