एजेन्सी । कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० गएका नेइमारले गएरातीको खेलमा गोलसँगसँगै सबैको ध्यान आफ्नै जुत्ता निधारमा अड्याएर तानेका छन् । पिएसजीबाट घरेलु तथा युरोपियन प्रतियोगिताका डेब्यु खेलमा गोल गरेर चर्चा कमाएका यि विश्वकै महंगा खेलाडी बुधबार राति फ्रेन्च लिग कपमा पहिलो पटक खेलेको खेलमा ५३ औँ मिनेटमा पाएको पेनाल्टीमा गरेको गोल नेइमारले फ्रेन्च लिग कपमा गरेको पहिलो तथा पिएसजीबाट सबै प्रतियोगितामा गरेर २० औँ गोल थियो । नेइमारले बुधबार राति अवे मैदानमा भएको खेलमा ५३ औँ मिनेटमा एमिएन्स विरुद्ध गोल गरेपछि त्यसको सेलिब्रेशन जुत्ता निधारमा अडाएर गरे । जसको तस्विर र भिडियो अहिले भाइरल बनिरहेको छ । नेइमार तथा एड्रिएन रोबिाओट्को गोलमा एमिएन्सलाई २–० ले हराएको पिएसजी फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्दाको क्षण नेइमारसँगसँगै नेइमारका फ्यानका लागी पनि अविस्मरणीय बन्न पुग्यो ।

तपाईको प्रतिक्रिया