खगेन्द्र दाहाल, खजुरा । खजुरा गाउँपालीका वडा नं. ३ मा रहेको ज्ञानोदय नमुना माध्यामिक विद्यालयको अगाडि रहेको सडकमा आइतबार दिउँसो विद्यार्थीहरु दुरबिन र फितासतिका केहि औजारहरुसहित समुह बनाएर खटिएका थिए । कोहि दुरबिनबाट गौर गरेर नियालीरहेका थिए भने, कोहि हातमा कापी कलम लिएर डाटा टिपोट गर्दै थिए । कक्षा १० मा अध्ययनरत छात्र सिंहराज ऐडि र उनका साथिहरु सिभिल ईन्जिनियरिङ विषयको प्राक्टिकल गरिरहेका रहका रहेछन । ऐडिले भने– ‘हामि सिभिल ईन्जिनियरिङको प्राक्टीकल अन्तरगर्त यो सडकको सर्वे गरीरहेका छौ ।’अर्का विद्यार्थि राजेन्द्र मौर्यले पढ्दा पढ्दै जागिर खान सकिने विषय भएकाले यस तर्फ आफ्नो रुचि बढेको बताए ।विद्यालयमा ‘प्राविधिक धार’ अन्तर्गत कक्षा ९ देखि नै उनीहरुले सिभिल ईन्जिनियरिङ अध्ययन गरिरहेका छन् । बाँकेको खजुरा गाउँपालीकामा रहेको ज्ञानोदय नमुना माध्यामिक विद्यालय जिल्लाकै उदाहरणिय विद्यालय मध्ये एक हो । सामुदायिक विद्यालयतर्फ एसएलसी परीक्षामा धेरै पटक पहिलो बन्न सफल सो विद्यालय गतबर्ष शिक्षा मन्त्रालयबाट उत्कृष्ट घोषित भएको थियो । शैक्षिक स्तरमा उल्लेख्य प्रगति गरेको विद्यालयले पछिल्लो समय सबैको ध्यान तानेको छ ‘प्राविधिक धार’ अन्तर्गत इन्जिनियरिङ विषयको अध्यापन सन्चालन गरेर । विद्यालयमा कक्षा ९ देखि नै सिभिल इन्जिनियरिङ विषय अध्यापन भईरहेको छ । जसले भविष्यमा दक्ष इन्जिनियर उत्पादन गर्ने देखिएको छ भने यस क्षेत्रका कमजोर आर्थिक अवस्था भएका प्रतिभावान विद्यार्थीले अवसर पनि पाएका छन् । पछिल्लो समय प्राविधिक शिक्षा आवश्यकता खट्किरहेको बेला ज्ञानोदयमा गतवर्षदेखि उक्त कोष सन्चालमा ल्याएपछि कक्षा हालसम्म ९ मा ३४ र कक्षा १० मा ४८ जना ८२ जना छात्र छात्राहरुले सिभिल ईन्जिनियरिङ पढिरहेका छन् । कोटा निर्धारित नगरिएपनि ८ जना दलित, १७ जना जनजाती समुहका छात्राहरुले अध्ययन गर्न पाएका छन् ।

दुबै कक्षामा छात्रभन्दा छात्राको संख्या बढि छ । समग्रमा ७१ प्रतिशत अर्थात ५८ जना छात्राहरु रहेको विद्यालयले जनाएको छ । एकजना छात्रा अस्मिता वली सिभिल ईन्जिनियरिङ आफ्नो रुचिको विषय भएको र सहुलियतमा पढ्न पाइएपछि अहिलेदेखि नै अध्ययन गर्न थालेको बताउछन । विद्यार्थी भानुभक्त कुमाल प्राविधिक विषय भएकोले अध्ययनको अधिकांश समय प्रयोगात्मक क्रियाकलाप गरेर बित्ने गरेको बताउछन । इन्जिनियरिङ जस्तो विषय कक्षा ९ देखि नै त्यो पनि सुलभ रुपमा पढ्न पाउनु आफुहरुका लागि सुनौलो अवसर भएको कुमालको भनाई छ । विद्यालयमा दक्ष इन्जिनियरहरुबाट प्रोजेक्टरमार्फत सिभिल इन्जिनियरिङको पढाई भइरहेको छ भने ३० लाखको लागतमा बनाइएको व्यवस्थित प्रयोगशालामा प्राक्टिकल गराईन्छ । प्रयोगशालाकै लागि सरकारले यसवर्ष थप अनदान दिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए । सरकारले बाँकेका ५ वटा विद्यालयमा कक्षा ९ बाटै विभिन्न प्राविधिक धारको कक्षा सन्चालन गरिरहेको छ । २०३४ सालमा स्थापना भएको विद्यालयले उत्कृष्ठ नतिजा हासील गर्दे पटक पटक पुरस्कार र अनुदान प्राप्त गर्दे आईरहेको छ । ज्ञानोदयले सन्चालन गर्ने अवसर पाएको ४८ जनाको कोटा रहेको सिभिल इन्जिनियरिङको अध्ययनले उदाहरणिय प्रतिफल दिने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया