दक्षिण कोरिया, २६ पुस- दक्षिण कोरियाली एक बौद्धभिक्षुले महाभियोग लगाइएका राष्ट्रपति पार्क ग्यून हे विरुद्धको सडक आन्दोलनका क्रममा शनिबार आत्मदाह गर्ने प्रयास गरेका बोद्ध भिक्षुका उपचारका क्रममा सोलस्थित एक अस्पतालमा निधन भएको छ ।

घाइते भिक्षुको सोमबार राति निधन भएको अस्पतालद्वारा मङ्गलबार जारी एक विज्ञप्तीमा जनाइएको छ ।

आत्मदाहप्रयासपछि बेहोस बनेका भिक्षुलाई सोल नेशनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको अनुहार र शरीरका अन्य केही भाग जलेको अवस्थामा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि भर्ना गरिएको थियो ।

आत्मदाह गर्न खोज्ने करिव ६० वर्षे भिक्षुको नाम सार्वजनिक भने गरिएको थिएन । एघाराँै हप्ताको पार्क विरोधी प्रदर्शनका क्रममा लाखौँ मानिसका बीचमा आत्मदाह प्रयास गर्ने भिक्षुले एक पत्र लेखी महाभियोग लगाइएका राष्ट्रपति पार्कलाई राष्ट्रघात गरेकोले उहाँलाई पक्राउ गर्न आग्रह गर्नुभएको योनह्याप न्यूज एजेन्सीले बताएको छ ।

पार्कमाथि पदीय मर्यादा विपरित कामगरेको भन्दै गत महिना संसद्ले महाभियोग लगाएको थियो ।

तपाईको प्रतिक्रिया