Loading…

ताजाखबर काठमाडौँ । संगीतकर्मी कल्याणकारी कोषमा गायक तथा संगीतकार तुला पर्वतले ५० हजार रुपैयाँ सहयोग गर्नु भएको छ । मकाउका बस्दै आएका गायक तथा संगीतकार पर्वत पठाएको रकम धर्मपत्नी पार्वती कुँवर, छोरी श्रीषा कुँवर र छोराको हातबाट संगीतकार संघलाई हस्तान्तरण गरिएको हो । अनामनगरस्थित विनायो क्याफेमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीत कला पत्रकार संघका अध्यक्ष सुृमन बैरागीको हातमा हस्तान्तर गरिएको थियो ।

म्यूजिक संसार प्रालिको आयोजना तथा संगीत कला पत्रकार संघको संयोजनमा भएको उक्त कार्यक्रममा गायक तथा संगीतकार तुला पर्वतकी छोरी श्रीषा कुँवरले हल्का हल्का बोलको गीत गाएर सुनाएकी थिइन् । उनको गीतसँगै सुरु भएको उक्त कार्यक्रममा रकम हस्तान्तरण पछि बोल्दै संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले तुला पर्वतको कार्यको प्रशंसा गर्दै संगीतकर्मीको हक हितका लागि गरिएको यो महान कार्य सबैले हातेमालो गर्दै कोष बृद्धिमा लाग्नुपर्ने बताउनु भयो ।

अधिकारीले गायिका श्रीषाको स्वरको प्रशंसा गर्दै राम्रो स्वरका कारण स्थापित हुने लक्षण रहेको बताउनु भएको थियो । गायक तथा संगीतकार तुला पर्वतले विदेशी भूमिमा रहेर कमाएको पसिनाको मूल्यलाई संगीतकार कल्याणकारी कोषमा दिएर महान् कार्य गर्नुभएकोमा आभार प्रकट गर्नु भएको थियो । गायक तथा संगीतकार तुलाले नेपाली संगीतलाई दिएका केही चर्चित गीतहरुका हेरौँ भिडियो

Loading…

तपाईको प्रतिक्रिया