नुवाकोट । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तीनजना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहर भइ फरार रहेका शिवपुरी गाउँपालिका–८ का लालबहादुर तामाङ, कामी तामाङ र काले तामाङलाई पक्राउ गरी बुधबार नुवाकोट जिल्ला अदालतमा बुझाइएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा नुवाकोट अदालतबाट २०४१ साल असार ६ गते उनीहरुमाथि कैदको फैसला भएको थियो ।

अदालतले लालबहादुरलाई १८ महिना तथा कामी र काले तामाङलाई ६÷६ महिना कैदको सजाय तोकेको थियो ।

अदालतले तीनैजनालाई बुधबारै कैद भुक्तानका लागि नुवाकोट जिल्ला कारागार चलान गरेको छ ।

तपाईको प्रतिक्रिया