ताजा खबर:- डायबिटीज यस्तो लाइफस्टाइल डिसीज हो, जसमा खानपानमा विशेष सावधानी अपनाउनुपर्दछ । यसले तपाईलाई जीवनभरि प्रभावित गर्छ । डायबिटीज दुई किसिमको हुन्छ । टाइप १ डायबिटीजमा शरीरमा इन्सुलिनको निर्माण हुँदैन जबकी टाइप २ डायबिटीजमा इन्सुलिनको निर्माण हुन्छ तर निकै कम मात्रामा हुन्छ । यसलाई पूर्ण रूपमा नष्ट गर्न सकिँदैन तर केही उपायहरूको सहायताले यसमा नियन्त्रण राख्ने कोशिश गरिन्छ । आज हामी तपाईलाई ५ यस्ता आयुर्वेदिक उपायको बारेमा बताउँदैछौँ, जसले डायबिटीजलाई प्राकृतिक रूपले नियन्त्रण गर्न मद्दतगार हुन्छ ।

करेला- करेला ब्लड शुगरलाई कम गर्न मद्दत गर्छ । उचित परिणामको लागि हरेक दिन ३-६ चम्मच करेलाको जूसको सेवन गर्नुपर्दछ । फिलिपिन्सको एक अध्ययनमा डायबिटीजले ग्रसित महिला र पुरुषलाई क्याप्सुलको रूपमा करेलाको सेवन गर्नको लागि दिइएको थियो । तीन महिना पछी करेलाको क्याप्सुलको सेवन गर्ने मानिसहरूमा ती मानिसको तुलनामा बढी मात्रामा ब्लड शुगरमा कमी देखियो, जो डायबिटीजको लागि प्रायोगिक औषधि लिइरहेका थिए ।

मेथी- हरेक दिन ५-३० ग्राम मेथी भोजनको साथ सेवन गर्दा ब्लड शुगरको स्तर कम हुन्छ । मेथीमा फाइबरको प्रशस्त मात्रामा हुन्छ । यसको साथै यसमा एमिनो एसिड पनि प्रयाप्त मात्रामा पाईन्छ । मेथीको सेवनले शरीरमा इन्सुलिन संवेदनशीलता बढ्छ र हाई कोलेस्ट्रोलमा कमी आउँछ ।

अजवाइनको पात- अजवाइनको पात ब्लड शुगर स्तर कम गर्न अत्यन्त मद्दतगार हुन्छ ।

अदुवा- अदुवा एन्टी-डायबिटीक गुणले भरिपूर्ण हुन्छ । यसले ब्लड शुगरलाई नियन्त्रण गर्न मद्दतगार हुन्छ । इन्सुलिन सेंसिटिभिटी र कोलेस्ट्रोल स्तरलाई राम्रो बनाई राख्न अदुवा निकै फाइदाजनक हुन्छ । यसको लागि हरेक दिन कम्तीमा २-३ कप अदुवाको चिया पिउनु लाभकारी हुन्छ । यसको साथै भोजनको साथमा पनि यसको सेवन गर्न सकिन्छ ।

करीको पात- २००७ मा भएको एक अध्ययनमा भनिएको छ कि करीको पात डायबिटीजको प्रचण्डतालाई कमी गर्ने काम गर्छ । यसको लागि तपाई हरेक दिन बिहान खाली पेट करीको पात चपाउनुहोस् । तपाई करीको पातको पाउडर बनाई यसलाई आफ्नो सूप्स र सलादमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया