ताजा खबर:- वर्तमान समयमा चिया मानिसहरूको जीवनको अनिवार्य भाग बनिसकेको छ । अधिकांश मानिसहरूमा चिया पिउनुपर्ने एक नियमित बानीको रूपमा पर्दछ । प्रायजसो आमा-बुवाले आफ्ना बच्चालाई चिया पिउने बानी बसाल्न चाहदैनन् । उनीहरूलाई लाग्छ कि यो स्वास्थ्यका लागि सही हुँदैन तर यो कुरा पूर्ण रूपमा सही होइन । चिया पिउने एक मात्र होइन अनेकौँ फाइदा छन् । आज हामी यस्ता ५ चिया पिउनुको फाइदाको बारेमा चर्चा गर्दैछौँ, जसको कारणले तपाईले हरेक दिन चिया अवश्य पिउनुपर्दछ  ।

क्यामोमाइल टी- क्यामोमाइल टी पिउँदा पेटको ग्याँसमा कमी आउँछ र डकार आउने समस्याबाट छुटकारा मिल्छ । यसको साथै पेट दुख्ने समस्याबाट पनि आराम मिल्छ । यसको लागि क्यामोमाइल चियालाई आरामसँग बिस्तारै पिउनुपर्दछ । अत्यधिक डकार आउने समस्या भएमा दिनमा दुई देखि तीन कप क्यामोमाइल टी पिउन सकिन्छ ।

पानीको कमी हुँदैन- चिया पिउँदा तपाई हाइड्रेटेड रहनुहुन्छ । चियाको साटो कफी पिउँदा पटक-पटक पिसाब लाग्ने समस्या हुन्छ । कफी शरीरमा बढी समय सम्म रहन सक्दैन र बाहिर निस्किन्छ । यस्तो अवस्थामा शरीरमा पानीको पूर्ति हुँदैन । दिनहुँ दिनमा ५-६ कप कफी पिउँदा शरीरमा पानीको कमी हुनसक्छ ।

दाँत बलियो हुन्छ- चिया फ्लोराइड र टेनिन नामक तत्वहरूबाट बनेको हुन्छ, जो दाँतलाई नोक्सान पुर्याउने कारकबाट रक्षा गर्न मद्दत गर्छ । बिना चीनीको चियाको सेवन दाँतको लागि बढी फाइदाजनक हुन्छ ।

मुटुको रोग देखि छुटकारा राख्नुहोस्- चिया हर्ट अट्याक र स्ट्रोकको खतरा कम गर्न मद्दतगार हुन्छ । चियाको सेवनले धमनी कोलेस्ट्रोलबाट मुक्त हुन्छ । दिनभरमा ६ कप देखि अधिक चिया पिउँदा मुटु रोग हुने खतरा एक तिहाई कम हुन्छ ।

हड्डीलाई बलियो राख्छ- एक अध्ययनमा भनिएको छ कि चियाको सेवन गर्दा हड्डीलाई बलियो राख्छ । अध्ययनमा १० वर्ष देखि चियाको सेवन गर्दै आएका मानिसहरूको तुलना ती मानिसहरूसँग गरियो जो मानिसहरूले कहिलै चिया पिउदैनन । यसको निष्कर्षको अनुसार कि चिया पिउँदा हड्डीको उमेर, व्यायाम, धुम्रपान र अन्य रिस्क फ्याक्टर भएता पनि निकै बलियो हुन्छ ।

फ्याट कम गर्छ- चिया पिउँदा शरीरको मेटाबोलिज्म बढ्छ । अधिकांश मानिसलाई चिन्ता हुन्छ कि व्यायाम गर्दा पनि उनीहरूको वजन घट्दैन । यस्ता मानिसले ग्रीन टी पिउनुपर्दछ । यसबाट उनीहरू मेटाबोलिज्म रेट बढ्नुको साथै उनीहरूमा ७०-८० क्यालोरीको कमी आउँछ ।

तपाईको प्रतिक्रिया