ताजा खबर:- पटक-पटक भूल्ने बानी अर्थात् शर्ट टाइम मेमोरी लसको समस्या कसैलाई पनि कुनै पनि समयमा हुनसक्छ । यसको अनेकौँ कारण हुनसक्छ । वृद्ध मानिसहरूमा डिमेंशिया र अल्जाइमरको कारणले यो समस्या हुन्छ जबकी अन्य उमेर समूहका मानिसमा चिन्ता र तनावको कारणले यो रोग लाग्छ । शरीरमा ब्लड ग्लूकोजको स्तरमा कमी हुनु पनि यसको कारण हुनसक्छ । यस्तो अवस्थामा एक स्वस्थ आहार या कुनै सानो-तिनो कोशिशले पनि यस समस्यादेखि पूर्ण छुटकारा दिलाउन सक्छ । आज हामी यस्तै ६ उपायको बारेमा चर्चा गर्दैछौँ, जसले पटक-पटक भूल्ने समस्याबाट छुटकारा दिलाउँछ ।

प्रयाप्त निन्द्राको कमी- तेजिलो स्मरण शक्तिको लागि प्रयाप्त निन्द्रा अत्यन्त आवश्यक हुन्छ । निन्द्राको अवस्थामा नै हाम्रो बढीजसो स्मरण शक्ति लामो समयसम्म सुरक्षित राखिने प्रक्रियामा हुन्छ । यस्तो अवस्थामा टिनएज मानिसहरूले कम्तीमा ८-१० घण्टाको निन्द्रा लिन अति आवश्यक हुन्छ र वयस्कहरूले कम्तीमा ७-९ घण्टा सुत्न आवश्यक हुन्छ भने त्यसैगरि वृद्ध मानिसहरूले सात देखि साढे सात घण्टाको निन्द्रा लिन आवश्यक हुन्छ ।

व्यायाम- शरीरिक सक्रियताले शरीरमा रक्त प्रवाहलाई दुरुस्त राख्छ । मस्तिष्कमा रक्त संचार बढ्दा प्रयाप्त मात्रामा अक्सीजन आपूर्ति हुन्छ । यस्तो अवस्थामा स्मरण शक्ति तीव्र हुनसक्ने सम्भावना बढ्छ । यदि शरीरिक रूपले सक्रिय नहुँदा यस्तो अवस्थामा तपाईले दिनभरमा १०-२० मिनेटको फुर्सदको समय निकालेर कार्डियो या स्क्वीज एक्सरसाइज गर्न सक्नुहुन्छ । यताउता हिड्डुल गर्दा पनि स्मरण शक्ति बढाउनका लागि एक राम्रो विकल्प हुनसक्छ ।

स्वस्थ खाना खानुहोस्- स्वस्थ खाना मस्तिष्कलाई स्वस्थ राख्नका लागि निकै महत्वपूर्ण भूमिका निभाउँछ । दिनहुँ आहारमा फलफूल, सागसब्जीहरू र प्रयाप्त मात्रामा साबुत अनाज समावेश गर्नुपर्दछ । अत्यधिक अल्कोहलको सेवन गर्नुहुँदैन किनकी यसले मेमोरी लसको साथ-साथै कन्फ्युजन उत्पन्न गर्ने पनि काम गर्छ ।

मानसिक रूपमा सक्रिय रहनुहोस्- शरीरलाई स्वस्थ राख्नको लागि जुन किसिमले शरीरिक सक्रियताको आवश्यकता हुन्छ, त्यसैगरि मानसिक स्वास्थ्यको लागि पनि मानसिक रूपमा सक्रिय रहन अत्यन्त आवश्यक हुन्छ ।

ध्यान गर्नुहोस्- विभिन्न सोधमा यस कुरालाई सावित गरिएको छ कि ध्यान अर्थात् मेडिटेशन चिन्ता, तनाव र निन्द्रा नलाग्ने रोगको सबैभन्दा प्रभावकारी उपाय हुन्छ । यसले तपाईको एकाग्रता बढाउँछ । यसबाट स्मरणशक्ति पनि तीव्र हुन्छ र पटक-पटक भूल्ने समस्याबाट आराम मिल्छ ।

पिस्ता खानुहोस्- शरीरमा थायमिनको कमीले पनि मेमोरी लसको समस्या आउँछ । थायमीनको कमीलाई पुरा गर्नका लागि पिस्ताको सेवन एक राम्रो विकल्प हुनसक्छ । आधा कप पिस्ता शरीरमा ०.५४ मिग्रा थायमीनको आपूर्ती गर्छ ।

तपाईको प्रतिक्रिया