ताजा खबर:- शास्त्रमा मानव जीवनको हरेक एक पक्षको बारेमा बताइएको छ । यी मध्य एक हो, स्त्री-पुरुष बीच शरीरिक सम्बन्ध राख्ने समय । केही मानिसहरू कुनै पनि समय शरीरिक सम्बन्ध राख्ने गर्दछन् । तर शास्त्रमा यसलाई पवित्र भनिएको छैन । शास्त्रमा भनिएको छ कि यदि स्त्री-पुरुष सामाजिक, धार्मिक र पारिवारिक मान्यता अनुसार शरीरिक सम्बन्ध राख्छन भने यो एक पवित्र घटनाक्रम हुन्छ । शास्त्रमा विवाह पछी नै स्त्री-पुरुषको शरीरिक सम्बन्ध पूर्ण रूपमा शुद्ध मानिएको छ ।

शास्त्रका अनुसार सन्तान प्राप्तिको सोचले मंगलवारको दिन राखिएको सम्बन्ध सबैभन्दा बढी अशुभ मानिन्छ । शनिको स्वामी मंगललाई मानिन्छ, यसलाई क्रोधी र विनाशकारी ग्रह मानिएको छ । शास्त्रका अनुसार हरेक दिन शुभ मानिदैन । मंगल ग्रहको प्रभावमा जन्मेका बच्चा अधिक क्रोधी र स्वभावले घमण्डी हुने गर्दछन् । यसैगरि शनिवार र आइतवारलाई पनि सन्तान प्राप्तिको लागि राखिएको सम्बन्ध शुभ मानिदैन । ज्योतिष शास्त्रका अनुसार शनि ग्रह क्रूर र पापी ग्रह मानिन्छ । शनि प्रभावले हुने सन्तान निराशावादी र नकारात्मक सोच हुने मानिन्छ । आइतवारको दिन भगवान सूर्यको दिन मानिन्छ र यस दिन पूजाआजाको लागि समर्पित गरिन्छ । सन्तान आइतवार राखिएको सम्बन्धको कारण जन्मन्छ भने उसलाई ईर्ष्याको भावना हुनु सामान्य हुन्छ ।

शास्त्रका अनुसार सोमवार, बुधवार, विहिवार र शुक्रवार सन्तान प्राप्तिको लागि राखिएको सम्बन्ध सबैभन्दा बढी शुभ मानिन्छ । यी हप्ताको चार दिन गर्भधारणले जन्मने सन्तान गुणी र मानसिक रूपले तेजिला हुन्छन् । ब्रह्मवैवर्तपुराणमा विभिन्न यस्ता दिनहरूको बारेमा बताइएको छ, जसमा स्त्री-पुरुषले सम्भोग गर्नुहुँदैन । शास्त्रमा बताइएको छ कि जुन दिन स्त्री-पुरुष व्रत राख्छन्, त्यस दिन शरीरिक सम्बन्ध राख्नु हुँदैन । अमावस्याको दिन शारीरिक सम्बन्ध राखेमा वैवाहिक जीवनमा नकारात्मक प्रभाव पर्छ ।

तपाईको प्रतिक्रिया