ताजा खबर:- वर्ल्ड क्यान्सर रिसर्च फन्डको एक अध्ययनका अनुसार बढी नून युक्त चीजहरूको सेवन गर्दा पेटको क्यान्सर हुनसक्ने सम्भावाना बढ्छ । तर केवल नून मात्र नभई अन्य यस्ता थुप्रै चीजहरू छन्, जसलाई चिकित्सकहरूले बिस्तारै विषको रूपमा परिवर्तन हुनसक्ने जानकारी दिएका छन् । नियमित रूपमा यी चीजहरूको सेवन गर्दा रोगले चाँडो संक्रमण गर्न सक्ने खतरा बढ्छ । चिकित्सकका अनुसार यस्ता ७ चीजको बारेमा यहाँ चर्चा गरिएको छ, जसको नियमित सेवनले स्वास्थ्यमा यस्तो असर पार्छ ।

१-चीनी

यसको अधिक सेवनले ब्लड शुगर लेभल बढ्छ । अत्यधिक चीनीको सेवनले डायबिटीज बढ्न सक्छ । यसले मुटु, कलेजो र मृगौला सम्बन्धि रोगहरू उत्पन्न गर्न सक्छ । जुन स्वास्थ्यका लागि निकै घातक सावित हुन्छ ।

२-नून

यसमा सोडियमको मात्रा अधिक हुन्छ । अत्यधिक नूनको सेवन गर्दा उच्च रक्तचापको सम्भावाना बढ्छ, जसले हर्ट अट्याक(हृदयघात) हुनसक्छ ।  यसले क्यान्सर र अस्टियोपोरोसिसको आशंका बढाउँछ ।

३-जायफल

यसमा MYRISTICIN हुन्छ । यसले पटक-पटक मुटुको धड्कन बढाउने र उल्टी आउने समस्या हुनसक्छ । यसको अत्यधिक सेवनले मष्तिस्कको क्षमतामा कमी आउँछ ।

४-कोल्ड ड्रिंक

यसमा चीनी र फास्फोरस एसिड बढी हुन्छ । अधिक कोल्ड ड्रिंक पिउँदा मुटुको समस्या उत्पन्न हुनसक्छ । यसले मष्तिस्क क्षमतामा नकारात्मक असर पुर्याउँछ ।

५-मैदा

मैदा बन्ने प्रक्रियामा फाइबर्स, भिटामिन्स निकालिन्छ । मैदाबाट बनेको चीजहरू खाँदा ब्लड शुगर लेभल नियन्त्रण हुँदैन । यसको सेवनले मृगौला, कलेजोको समस्या उत्पन्न हुनसक्छ । हर्ट अट्याक(हृदयघात) जस्ता मुटु रोगको खतरा बढ्छ ।

६-टुसा पलाएको आलू

यसमा ग्लाइकोअल्केलाइड्स हुन्छ । यस्ता आलू लगातार खाँदा माइग्रेन हुनसक्छ । यसले डायरिया हुनसक्ने खतरा बढाउँछ ।

७-मशरूम

काँचो मशरूममा कार्सिनोजेनिक कम्पाउण्ड हुन्छ । काँचो मशरूम खाँदा क्यान्सरको सम्भावना बढ्छ । यसकारण मशरूमलाई राम्रो सँग उमालेर प्रयोग गर्नुपर्दछ ।

अन्य फूड जुन स्वस्थका लागि हानिकारण छन्,

१-फास्ट फूड

यसमा मिलाइने प्रिजर्भेटिभ्स र मोनो सोडियम ग्लूटामेटले क्यान्सर हुनसक्छ । यसको कारणले मृगौला र कलेजो समस्याको आशंका बढ्छ ।

२-फ्रोजन फूड

यसमा मिलाइने आर्टिफिशियल कलर्स र प्रिजर्भेटिभ्सको कारणले हर्ट अट्याक(हृदयघात) र ब्रेन स्ट्रोक हुनसक्छ र साथै क्यान्सरको हुनसक्ने सम्भावना हुन्छ ।

३-वनस्पति घीउ

यसमा पाईने ट्रान्स फ्याट्सले मोटोपन बढाउँछ । यसले क्यान्सर हुनसक्ने सम्भावनालाई पनि बढाउँछ । ब्रेन स्ट्रोक र मुटु सम्बन्धि समस्या बढ्छ ।

तपाईको प्रतिक्रिया