अधिवक्ता सुजित के.सी

नेपाललाई एउटै शासन अन्तर्गत एकीकरण गर्ने प्रयास मल्ल राजा यक्षमल्ल, खस राजा जितारि मल्ल र सेन राजा मुकुन्द सेन आदिले पनि आफ्नो समयमा गरेका थिए । तर आफूले जितेका प्रदेशहरुमाथि उनीहरुले स्थायी रुपमा नियन्त्रण कायम राख्न सकेनन् । पृथ्वीनारायण शाहका पूर्वजहरु पृथ्वीपति शाह र नरभूपाल शाहले पनि राज्य विस्तार गर्ने प्रयास नगरेका हैनन् । पृथ्वी नारायण शाहले नेपालको एकीकरण शुरु गर्नु अघि वर्तमान नेपाल अधिराज्य काठमाडौंदेखि पश्चिम महाकाली नदीसम्ममा ४३ राज्य, काठमाडौं ३ राज्य उपत्यकादेखि पूर्वमा ३ राज्य गरी ५० भन्दा बढी साना, ठूला र मझौंला राज्यहरुमा बाँडिएको थियो । एकीकरणको कैयौं प्रयासहरु सही नेतृत्वको अभावमा सफल हुन सकेका थिएन ।

नरभूपाल शाहकी माहिली रानी कौशल्यावतीका गर्भबाट विं.सं. १७७९ पौष शुक्ल प्रतिपदा २७ गते बिहीबार जन्मिएका पृथ्वीनारायण शाह २० वर्षको उमेरमा अर्थात विं सं १७९९ चैत २० गते गोरखा राज्यको राजा भए । सानै उमेर देखि उनी चतुर र बहादुर थिए । तत्कालीन समयमा ठूलो ब्रिटिश साम्राज्य बनाउने उद्देश्यले दक्षिण तिरबाट ब्रिटिश सेनाले एक पछि अर्को देशलाई जित्दै, उपनिवेश भनाउदै अघि बढिरहेको थियो । त्यस बेला नेपाल स–साना बाइसे चौबीसे राज्यमा विभाजित थियो र विभिन्न राजा रजौटाहरुले शासन गरिरहेका थिए । ब्रिटिश सेनाले भारतको धेरै राज्यहरुलाई पराजित गरि आफ्नो उपनिवेश बनाइसकेको थियो र ब्रिटिश सेना नेपालको तराईतिर बढिरहेका थिए । अग्रेंजहरुले नेपाललाई उपनिवेश नबनाउन र कुनै पनि हालतमा नेपाली भू–भागमा ब्रिटिश सेनालाई प्रवेश गर्न दिन हुन्न भनी, स–साना राज्यलाई एउटै विशाल शक्तिशाली राष्ट्र बनाउने उद्देश्यल बोकी सबै राज्यलाई एकिकृत गर्ने सोच बनाए । उनको यो एकिकरण गर्ने महान् सोच विं सं १८०० मा प्रथम पटक नुवाकोटमा हमला गररे सुरुवात गरे । गोर्खा राज्य सानो थियो र सैन्य बल पनि त्यति थिएन । त्यस कारण गोर्खाली सेनाले प्रथम पटककै युद्धमा नै पराजय भोग्नुपर्यो । यस पराजयपछि उनले आफ्नो सैन्य बल थपे र एक वर्ष पछि विं सं १८०१ असोज २५ गते शनिबारका दिनमा हमला गरे । त्यस युद्धमा पृथ्वी नारायण शाहको सेनाले नुवाकोटलाई हरायो र प्रथम पटक गोर्खाली सेनाले विजय प्राप्तपछि नेपाल एकीकरण अभियानको सफल सुरुवात भयो । एकीकरण अभियान अघाडी बढ्ने क्रममा गोर्खालीले कान्तिपुर अन्तर्गतका साँखु, चाँगु, महादेवपोखरी, दोलखा आदि क्षेत्रहरु जितेर पूर्वशर्त बमोजिम भक्तपुरलाई दिए । महादेवपोखरी, फर्पिङ, चित्लाङ, धर्मस्थली, सिरानचोक, नालदुम, शिवपुरी आदीमा हमला गरी विजय प्राप्त गर्यो । तर प्रथम पटक विं सं १८१४ र दास्रो पटक विं सं १८२१ मा फेरी पनि दुई चोटी गोरर्खाली सेनाले कीर्तिपुरसँग हार्नु पर्यो । विं सं १८१४ मा कान्तिपुर, भक्तपुर र ललितपुर तीनै राज्यका संयुक्त सेना मिलेर आएको हुँदा वीर युद्धा कालु पाँण्डे सहित ४०० जना गोरखाली फौज मारिएका थिए । यसरी लगातार दुई पटक पराजय भोग्नु परेपनि एकिकरण अभियान भने रोकिएन र विं सं १८२२ चैत्र ३ गते कीर्तिपुर माथी हमला गरी र विजय प्राप्त गरि छाड्ए । त्यस्तै विं सं १८१९ सालको भदौ महिनामा भाइहरु कीर्तिमहोद्दाम शाह, दलपति शाह र दलजिंत शाह तथा कालु पाण्डेका छोरा २० वर्षका वंशराज पाण्डेका जुवांई केहरसिंह बस्नेत आदिको नेतृत्वमा मकवानपुरतर्फ पठाएको गोरखाली फौजले मात्र ८ घण्टाको युद्धपछि मकवानपुर र केही दिनपछि सिन्धुलीगढी र हरिहरपुर विजय गरे । विं. सं. १८१९ पुस २७ गते मकवानपुर घे¥यो तर गोरखाली सेनाको तुलनामा गुरिल्ला युद्धको अभ्यास नभएको तथा ओह्रालोमा समेत परेकाले सत्रसय जवान दुईतोप र पाँचसय थान पत्थरकला बन्दुक समेत गुमाई बाँकी फौज हारेर फर्कियो । दलमर्दन शाह ललितपुरको राजा भएकै समयमा पाँगा र चोभार विजय गरी विं. सं. १८२१ को भदौमा पृथ्वीनारायण शाहले शूरप्रताप शाह, दलजित शाह र श्रीहर्ष पन्त आदिको इच्छा अनुसार शूरप्रताप शाहको नेतृत्वमा कीर्तिपुुरमा आक्रमण गरे, ललितपुरको अधीनमा रहेको कीर्तिपुरलाई कुनै राज्यको सहयोग नआएपछि कीर्तिपुरहरुले नै किल्ला बन्द गरेर आफैं युद्ध गर्न लागे । यस युद्धमा शूरप्रताप शाहको देव्रे आँखामा बाँड लागेर ढले । त्यसपछि ६ महिनासम्म चारैतिरबाट घेरा बन्दी गरेकोले कीर्तिपुरले १८२२ चैत गते आत्म समर्पण गरे । कान्तिपुरमा सबैजना इन्द«जात्रामा मस्त भएको मौका छोपी पृथ्वी नारायण शाहले विं सं १८२५ असोज १३ गते कान्पिुरलाई कब्जामा परे, त्यसै वर्ष असोज २४ गते ललितपुरलाई अनि विं स्ां १८२६ बैशाख १ गते ठिमी र मंसीर १ मा भक्तपुरलाई हराएर गोर्खाली सेनाले कान्तिपुर (हालको काठमाडौं), ललितपुर र भक्तपुरलाई पनि एकीकरण गर्यो ।

एकीकरण भइसकेका सबै भूभागलाई पृथ्वी नारायण शाहले नेपाल नामाकरण गरे र भौगोलिक रुपमा नेपालको जन्म गराए भने कान्तिपुरलाई नेपालको राजधानी बनाए । यतिमा मात्र पृथ्वी नारायण शाह चुप लागेर भने बसेनन् र एकीकरण अभियानलाई अघाडी बढाई नै रहे । यस क्रममा विं सं १८२९ र विं सं १८३० मा माझंकिराँत र चौदण्डी क्षेत्रलाई नेपालमा गाभे । त्यसको लगत्तै १८३१ मा विजयपुर, मोरङ, पल्लो किराँत, लिम्बुआन क्षेत्रलाई पनि नेपालमा गाभे भने त्यहि वर्षको माघ १ गते ५२ वर्षको उमेरमा पृथ्वी नारायण शाहको स्वर्गारोहण भयो । यसरी पृथ्वी नारायण शाहले आफ्नो शासन अभधि भरी नेपालको एकीकरणमा मात्र लागि रहे तर यो अभियान उनको मृत्युपछि पनि रोकिएन र चलिनै रयो ।

पृथ्वी नारायण शाहले सुरु गरेको नेपालको पुनः एकीकरणको अभियान प्रतापसिंह शाह, राजेन्द्रलक्ष्मी, बहादुर शाह, भक्ति थापा, अमरसिंह थापा आदीको नेतृत्वमा पूर्वमा टिस्टा नदीकिनारको आसपास नगरकाटासम्म र पश्चिममा सतलज नदीसम्म कायम भइसकेपछि तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सन् १८१५ को सुगौली सन्धिसँगै समाप्त भएको थियो । एकीकरणको क्रममा प्रतापसिंह शाहले कविलासपुरगढ र चितौनलाई नेपालमा गाभन सफल भएका थिए । प्रतापसिंह शाहले २ वर्ष १० महिना शासन गरे जसमा उनले नेपाल तिब्बतबीच एक व्यापार सन्धि गरे र विं.सं. १८३४ मङ्गसिरमा उनको असामायिक निधन भयो । त्यसपछि नावालक रणबहादुर शाहको माता (राजेन्द«लक्ष्मी) र काका (बहादुर शाह) नायवीको रुपमा १७ वर्ष शासन चलाए साथै एकीकरण अभियानलाई पनि अघि बढाए । यस क्रममा तनहूँ र लमजुङमाथी विजय प्राप्त गरे र कास्की, पल्लोनुवाकोट, गरहूँ, रिसिङ्ग र भिरकोटसमेलाई पनि नेपालको सीमा भित्र गाभ्न सफल भए ।

विं. सं. १८४२ साल श्रावण २ गते राजेन्द«लक्ष्मीको मृत्यु भयो । भाउजुको मृत्यु पछि दश वर्षका नाबालिग राजाको नायव भई बहादुर शाहले एकीकरणलाई अघाडी बढाए । जसक्रममा विं. सं. १८४३ साल जेठ १० गते गुल्मी, भदौं २६ गते अर्घा, २८ गते खाँची, असौज २ गते धुरकोट तथा १४ गते पर्वत र कात्तिक १९ गते प्युठान, २९ गते दाङ्ग र केही दिनपछि रोल्पा दखल गरी ६ महिनामा नेपालको सिमाना भेरी नदी पुग्यो । त्यसपछि अछाम, दैलेख, जुम्ला, डोटी, कुमाउ र गढवालको राजधानी श्रीनगरसम्म पनि नेपाली सेनाले विजय प्राप्त ग¥यो । तर त्यो बेला तिब्बत र चीनसँगको युद्धको कारण गढवालसँग सन्धि गरेर नेपाली सेना फर्कनु पर्ने भयो । र विं. सं. १८४८ साल असारमा नेपाल र गढवालबीच सन्धि भयो । जुन सन्धि यस प्रकार छन्ः (१) गढवालले नेपाललाई वार्षिक नौ हजार रुपैयाँ बुझाउने (२) गढवालमा नेपाली राजदूत रहने (३) गढवालले नेपालको आश्रय स्वीकार्ने आदि सन्धिहरु गरिएको थियो ।

नेपाल–तिब्बतबीचको युद्ध नेपाल–चीनमा परिणत भई विं.सं. १८४९ मा चीनसँग सन्धि गरेपछि नेपालले आफ्नो कुती क्षेत्रलाई छाडेर तातोपानीमा सीमा निर्धारण गर्न मञ्जुर भयो र युद्ध पनि समाप्त भयो । त्यसपछि १८४९ मा सिक्किम र भूटानसम्मको भाग नेपाली फौजको कब्जामा पर्यो तर पछि भूटानी सेना अघि बढेकोले नेपाली सेना पूर्व टिस्टामा आई बस्यो । त्यस पछि पूर्वतिर एकीकरणको अभियान रोकियो र सुगौली सन्धि हुनु भन्दा अघि सम्म नेपालको सीमाना यहि सम्म कायम थियो । भारदारहरुको षडयन्त्रको कारण विं. सं. १८५१ वैशाखमा बहादुर शाह कैदी बनाइए र विं सं १८५४ मा कैदमै बहादुर शाहको मृत्यु भयो र नेपाल राज्यको शासनको अभिभारा २० वर्ष मात्र पुगेका युवराज रणबहादुर शाहको हातमा पुग्यो । तर उनले शासन सत्ता समाल्न नसकेको हुनाले उनका डेढ वर्ष मात्र पुगेका छोरा गीर्वाणयुध्द विक्रम शाहलाई राजपाट सुम्पी काशी प्रस्थान गरे । त्यस बेला नाबालक राजाको नाममा दामोदर पाण्डेले राज्य संचालन गरेका थिए । तर पछि रणबहादुर शाह भारतबाट नेपाल फर्कीए र दामोदर पाण्डेलाई बर्खास्त गरी राजाको मुख्तियार बने र भीमसेन थापालाई मूल काजी पदमा नियुक्त गरे ।

गढवालले नेपाललाई बुझाउनु पर्ने रुपैयाँ नबुझाएको निहूँमा विं सं १८६१ मा गढवालमाथि आक्रमण गरी गढवाललाई पनि नेपालको बनाइयो । त्यसै वर्ष नेपाली फौजले बुटवल र शिबराज प्रगन्नामा पनि कब्जा गर्यो । र विं सं १८६५ मा भीमनगर माथि पनि विजय प्राप्त गर्यो । तर अंग्रेजले बलपूर्वक त्यस क्षेत्र फेरि आफ्नो कब्जामा लियो । पछि विं सं १८८६ मा नेपाली फौजले बुटवलका बाँकी भाग र बेतिया सीमा क्षेत्रका केहि भागलाई कब्जामा लियो । त्यस बेला सम्ममा नेपाल पूर्वमा टिस्टा नदीदेखि पश्चिमा सतलज नदीसम्म र हिमालको उत्तरी फेदीदेखि दक्षिणको उर्बरा समतल भू–भाग गंगा–जमुना संगम हाराहारीसम्म विशाल भौगोलिक क्षेत्र नेपालको मानचित्रको सिमारेखाभित्र अंकन गरिएको थियो । पृथ्वी नारायण शाहले शुरु गरेको एकीकरण सानो प्रयासले सफल भएको होइन । यस अभियानमा धेरै नेपाली वीरहरु शहीद भए, धेरै महिला विदुवा भइन र धेरै बालबालिका टुहुरा भए । खुकुरीको धारले बनेको हो यो देश । यदी पृथ्वी नारायण शाहले नेपालको एकीकरण अभियान शुरु नगरेका भए सायद नेपाल भन्ने देश आज हुने थिएन होला । धेरै दुःखले आर्जेको देश हो नेपाल तसर्थ पूर्खाको रगतले बनेको देशलाई बचाई राख्नु प्रत्येक नेपालीको कर्तव्य हो ।

तपाईको प्रतिक्रिया