दक्षिण कोरियाका तर्फबाट यहाँ कोही आउँछ भने उसले कैयौँ दस्ताबेजमा हस्ताक्षर गर्नुपर्छ । कुनै दुर्घटना या अन्य कुनै पनि घटनामा कोरियाली सरकार यसको जिम्मेवारी लिन चाहँदैन ।

उत्तर कोरिया र दक्षिण कोरियाको सिमानामा यस क्षेत्रमा प्रवेश गर्नुपूर्व हरेक आगन्तुकले एउटा विशेष दस्ताबेजमा हस्ताक्षर गर्नुपर्छ । यस दस्ताबेजमा यो क्षेत्र खतरनाक भएको विषयमा चेतावनी दिइएको हुन्छ । साथै, यहाँ आउने जोकोही घाइते पनि हुन सक्ने या मृत्यु नै पनि हुन सक्नेबारे सचेत गराइएको हुन्छ । यो त्यो स्थान हो, जुन दुई देशको भागमा पर्छ र कतिपय मानिसका लागि यो संसारकै सबैभन्दा अशान्त स्थान हो । यस स्थानको नाम पानमुनजोम हो र कोरियाली प्रायद्वीपको यो एक मात्र यस्तो स्थान हो, जहाँ उत्तर र दक्षिण कोरिया तथा अमेरिकी सैनिक जहिल्यै आमनेसामने हुने गर्छन् । १९५३ कोरियाली युद्धपछि यहाँ युद्धविराम लागू छ ।

युद्धविरामवाला गाउँ पानमुनजोम नै त्यो स्थान हो, जहाँ दुई वर्षको मौनता, युद्धको तनाव तथा आणविक आक्रमणको धम्कीपछि दुवै कोरियाली देशबीच मंगलबार वार्ता सम्पन्न भएको छ । उत्तर कोरियाका नेता किम जोङ उनका तर्फबाट शान्तिको पहल भएपश्चात् यस वार्ताको दिशामा कोसिस सुरु भएको थियो । फेबु्रअरीमा हुने हिउँदे ओलम्पिकका लागि उत्तर कोरियाले आफ्नो टोली पठाउने बताएपछि नै पानमुनजोममा दुवै देशबीच संवादको ढोका खुलेको हो । यस क्षेत्रमा कथित रूपमा हतियार राख्ने अनुमति छैन । तैपनि, यसका बाबजुद यहाँ जहिल्यै तनावको वातावरण रहने गर्छ । उत्तर र दक्षिण कोरियाको सीमामा रहेको पानमुनजोम चार किलोमिटर चौडा र दुई सय ३८ किलोमिटर लामो छ । यस क्षेत्रलाई लिएर दुवै देशबीच विवाद पनि छ । पूरै विश्वलाई पानमुनजोममा चलिरहेका गतिविधिमा जहिल्यै चासो रहन्छ । यहाँ जनसंख्या नभएबराबरै छ । तैपनि, यसलाई युद्धविरामवाला गाउँ भन्ने गरिन्छ ।

संयुक्त निगरानी क्षेत्र संसारमा ऐतिहासिक तथा भूराजनीतिक दृष्टिले पानमुनजोम आफ्नै प्रकारको अनौठो स्थान हो । १९४८ मा जब उत्तर र दक्षिण कोरिया अस्तित्वमा आए, तब दुवै देशलाई अलग गर्ने भौगोलिक रेखालाई नै उनीहरूको अन्तर्राष्ट्रिय सिमाना मानियो । १९५३ मा भएको युद्धविरामपछि पानमुनजोम अस्तित्वमा आएको हो । त्यसैवेलादेखि पानमुनजोम दुवै देशबीचको एक अशान्त क्षेत्र बनिरहेको छ । शान्ति सम्झौताको सर्तअनुसार दक्षिणी क्षेत्रमा अमेरिकी सैनिकको दुई समूह यहाँ रहन्छ भने उनीहरूको पछाडि दक्षिण कोरियाली सैनिकको सहयोग रहन्छ ।

पानमुनजोममा एक यस्तो स्थान पनि छ, जहाँ दुवै पक्षका सैनिक एक–अर्काका अगाडि उपस्थित रहन्छ । यसलाई ‘ज्वाइन्ट सिक्योरिटी एरिया’ भन्ने गरिन्छ । यही स्थानमा मार्च, १९९१ मा संयुक्त राष्ट्र संघको कमान्ड र उत्तर कोरियाबीच वार्ता भएको थियो । यस क्षेत्रमा एउटा अनौठो कन्फरेन्स हल छ, जुन दुवै देशको जमिनमा पर्छ । कन्फरेन्स हलको एउटा छेउबाट अर्को छेउसम्म पुग्ने व्यक्तिले यथार्थमा दुवै देशको सीमा पारिरहेको हुन्छ । न्युयोर्क थिंकट्यांक एसिया सोसाइटीका आइज्याक फिस स्टोनले पानमुनजोमको यात्रा गरिसकेका छन् । उनी भन्छन्– कन्फरेन्स रूपमा यस्तो एउटा रेखा छ, जसले दुवै कोरियालाई एक–अर्काबाट गरेको छ ।

फिस स्टोनले एक अन्तर्वार्तामा बताएका थिए– दुवै कोरियाली देशले यहाँ आउने पर्यटकलाई कन्फरेन्स हलभित्र एक–अर्काको सीमामा ५–६ फिटसम्म पार गर्ने अनुमति दिन्छन् । तर, यथार्थ त यो हो कि यस पुरानो गाउँमा अब केही पनि बचेको छैन । वर्षौंसम्म पानमुनजोम केवल दुवै देशको अन्तर्राष्ट्रिय सिमानामा पर्ने एउटा गाउँ मात्र थियो । तर, समयको अन्तरालसँगसँगै उत्तर कोरियाबाट दक्षिणतर्फ पलायन गर्ने मानिसका लागि यो एउटा ढोकाजस्तो बन्न पुग्यो । यहाँ सयौँ उत्तर कोरियाली नागरिकले आफ्नो ज्यान गुमाएका छन् ।

जोखिमयुक्त पर्यटन जब उत्तर र दक्षिण कोरियाबीच तनाव बढ्न थाल्यो र पानमुनजोममा दुवै देशको वार्ता हुन थाल्यो, तब स्वदेशी तथा विदेशी पर्यटकको यस गाउँबारे चासो बढ्न थाल्यो । अब यो स्थान पर्यटकीय गन्तव्यका रूपमा चर्चित छ । यद्यपि, पानमुनजोम घुमिसकेका मानिसहरूका अनुसार तपाईं सिमानामा कताबाट आउनुभएको थियो भन्नेले फरक पार्छ । फिस स्टोन भन्छन्– दुवै देशले यस स्थानको उपयोग प्रोपोगान्डाका लागि गरेको हुनाले पानमुनजोमको चर्चा बढेको हो । उनीहरू यसका माध्यमबाट आफूलाई अर्कोभन्दा राम्रो देखाउने कोसिस गर्छन् । दक्षिण कोरियाका तर्फबाट यहाँ कोही आउँछ भने उसले कैयौँ दस्ताबेजमा हस्ताक्षर गर्नुपर्छ । कुनै दुर्घटना या अन्य कुनै पनि घटनामा कोरियाली सरकार यसको जिम्मेवारी लिन चाहँदैन । तर, उत्तर कोरियाका तर्फबाट आउँदा भने यहाँको माहोल उत्सवजस्तो लाग्ने गर्छ ।

एकीकरणको आशा स्टोन फिसका अनुसार जब उनी यहाँ एक अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलका सदस्यका रूपमा यहाँ पुगेका थिए, त्यतिखेर पानमुनजोमको माहोल पार्टीजस्तो थियो । उत्तर कोरियाका तर्फबाट सीमामा एक यस्तो स्थान छ, जहाँ मानिसहरूले रिङजस्ता विभिन्न सोभेनियर किन्न सक्छन् । यहाँ पुग्ने पर्यटकले उत्तर कोरियाली रक्सीको पनि पनि स्वाद लिन सक्छन् ।

यो रक्सी जिनसेङबाट बनेको हुन्छ । र, यहाँ एउटा यस्तो रक्सी पनि पाइन्छ, जसमा सर्पको विषय हुन्छ । नजिकै दोरासान रेल्वे स्टेसन छ, जहाँबाट प्योङयाङ र सिउलका लागि रेल सेवा पाइन्छ । एक प्लेटफर्म त यस्तो छ, जहाँ दुवै देशको सिमाना पर्छ । यहाँका अधिकांश मानिसको अपेक्षा एक न एक दिन दुवै कोरिया एक हुन्छन् भन्ने छ । नयाँ पत्रिकाले छापेको छ ।

तपाईको प्रतिक्रिया