नेपालगन्ज । नेपालगन्जको धम्बोझी चोकमा चिसोले कठ्याङग्रीएर बेवारीसे अवस्थामा भेटिएका एक वृद्धलाई लालिगुरास बचत तथा ऋण सहकारी सस्था न्युरोडका सन्चालक समितिका उपाध्यक्षा विष्णु अर्याल र रेडियो सदभावको पहलमा रेखदेखका लागी वृद्धाआश्रम पुराइएको छ । चिसोका कारण हिड्न समेत नसक्ने अवस्थामा धम्बोझी चोकमा भेटिनुभएका दाङ्ग घर बताउने जित बहादुर ओझा वृद्धलाई नेपालगन्जको निल सागर वृद्ध आश्रममा रेखदेखका लागी पुराइएको अर्यालले जानकारी दिए । चिसोमा सडकमै बस्ने र सुत्ने गर्दा वृद्धको स्वास्थस्थिती विग्रदै गएको अवस्थामा फेला परेको उद्धारमा खटिएका रेडियो सदभावका खगेन्द्र दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया