पुस २५ गते-
नेपाल टेलिकमले पनि अबदेखि आफ्ना ग्राहकहरुलाई ब्यालेन्स सकिँदा सापटी दिने व्यवस्था सुरु गर्न लागेको छ ।
यो सुविधा टेलिकमका प्रिपेड ग्राहकले पाउनेछन् । यसअघि एनसेलले सुरु गरिसकेको यो योजनालाई टेलिकमले पनि पछ्याउँदै ग्राहकलाई सापटी दिन लागेको हो । टेलिकमले यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्याएपनि कति रकम सापटी दिने भन्नेबारे चाहिँ निर्णय भैसकेको छैन ।
यो योजना सुरु भएपछि ग्राहकले आफ्नो ब्यालेन्स सकिएपछि रकम सापटी लिन सक्नेछन् र सापटी रकम अर्को पटक रिर्चाज गर्दा स्वतः काटिनेछ ।


तपाईको प्रतिक्रिया