काठमाडौँ । अष्ट्रेलीयाको सिड्नीमा रहेको म्याकडोनल्ड रेष्टुरेन्टमा भएको झडपमा सलग्न दुई नेपाली पक्राउ परेका छन् । अष्ट्रलिया घुम्न गएका दुई नेपाली युवाहरु पवन श्रेष्ठ र नोर्वु शेर्पाले म्याकडोनल्ड रेष्टुरेन्टमा युवतीमाथि हातपात गरेपछि सुरु भएको झगडाले ठूलो रुप लिएपछि तत्कालै प्रहरी आएर उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।


नेपालबाट भिजीट भिसामा अष्ट्रेलिया गएका पवन श्रेष्ठ र नोर्वु शेर्पाले ति युवतीलाइई हातपात गरेलगत्तै युवतीका केटा साथीले पवन श्रेष्ठमाथि जाइलागेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार घटना लगत्तै रेष्टुरेन्ट तनावपूर्ण बन्न पुगेको थियो भने आक्रमणमा पवन श्रेष्ठ घाइते भएका छन् । आक्रमणमा संलग्न रहेको आरोप लागेका दुबैजना नेपाली युवालाई पक्राउ गरेको र पासपोर्ट जफत गरिएको अष्ट्रेलीयन प्रहरीले जनाएको छ ।

Sydney McDonalds Brawl

Sydney McDonalds Brawl: Nepalese tourists Pawan Threstha and Norbu Sherpa forced to surrender their passports. "Suddenly he punches the girl in the face. I was so shocked." Download the 7 News app: http://yhoo.it/2a8SxYV#Sydney #7News

Posted by 7 News Sydney on Saturday, January 7, 2017

तपाईको प्रतिक्रिया