काठमाडौँ, २५ पुस (रासस) : पूर्वसभासद् डा वाबुराम पोखरेलेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

आइतवार बिहान निधन हुनु भएका पोखरेलको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले जानकारी दिनुभयो ।

पोखरेललाई उहाँका छोरा युविन पोखरेल र बबिन पोखरेलले दागबत्ती दिनुभएको थियो ।

प्याब्सनका पूर्वअध्यक्ष समेत रहनु भएका पोखरेलको पार्थिक शरिरमा उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाली काँग्रेसको झण्डा ओढाउनुभएको थियो ।

अन्त्येष्टि समारोहमा निजी विद्यालयका सञ्चालकहरुको सहभागिता भएको थियो । पोखरेल दोस्रो संविधानसभामा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट समासद् हुनु भएको थियो ।

तपाईको प्रतिक्रिया