काठमाडौं, पुस २५। शीतलहरको कारण एक्कासि बढेको चिसोले पछिल्लो एक सातायता सप्तरीको जनजीवन निकै कष्टकर बन्न पुगेको छ । विभिन्न स्थानीय तहका जनप्रतिनिधि एवं सम्बन्धित परिवारजनका अनुसार एक सातायता चिसोकै कारण ज्यान गुमाउनेहरुको संख्या १७ पुगेको छ । शीतलहर सप्तरकिो लागि नौलो होईन । पुसको दोस्रो साताबाटै सप्तरीलगायत मध्य मधेसका जिल्लामा शीतलहर सुरु हुन्छ । शीतलहरका कारण बर्सेनि सप्तरीमा मात्रै दुईदर्जनभन्दा बढी सर्वसाधारणले ज्यान गुमाउने गरेको सरोकारवाला निकायका जिम्मेवार पदाधिकारी स्वीकार्छन् । यद्यपि, यससम्बन्धी कुनै ठोस तथ्यांक भने कुनै पनि निकायसँग छैन ।, आजको नागरिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया