काठमाडौं, पुस २५। सत्तारुढ दल कांग्रेसभित्र गुटगत विवाद चुलिएको छ । प्रत्यक्षतर्फ नराम्ररी पराजय भएपछि विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको पौडेल समूहले सोमबार छुट्टै बैठक गरी नेतृत्व, संगठन र सिद्धान्त परिमार्जनका विषयमा छलफल गरेको छ । पौडेलपक्षका नेताहरुले पैसामा समानुपातिक र प्रत्यक्षतर्फको टिकट विक्रि भएको भन्दै दोषी पत्ता लगाउन पुर्वन्यायाधीशको नेतृत्वमा छानविन समिति गठनको माग गरेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले वितरण गरेको टिकट किनबेच भयो भन्ने विषय उठेका छन्, छलफलमा सहभागी एक केन्द्रिय सदस्यले भने ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

तपाईको प्रतिक्रिया