पुस २४ गते-
पछिल्लो समय नेपालमा युट्युब धन्दा निकै फस्टाएको छ । कम मेहनतमै गुगल एडसेन्समार्फत् महिनामै लाखौं रुपैयाँ आम्दानी हुने भएपछि युट्युबमा दर्शक बिकाउने अश्लिल तथा भद्दा सामग्रि राखेर व्यापार गर्नेहरु दिनप्रतिदिन बढिरहेका छन् ।
सुन्दा नै जिब्रो टोक्नुपर्ने नाम र आँखा छोप्नुपर्ने दृश्य राखेर सर्ट मुभीका नाममा अश्लिलता फैलाईरहेका छन् युट्युब च्यानलहरुले ।
अहिले नेपालमा बिशेषगरी कुलन टीभी, कुलन टिभी न्यू, जेपी टेभी, इन्जोय नेपाल, मिलन फिल्म्स, ग्लोबल मेन च्यानल लगायतका थुप्रै च्यानलहरुमा यस्ता अश्लिल सर्ट फिल्महरु देख्न सकिन्छ ।
सर्ट मुभीका नाममा यस्ता फिल्म बनाएर बेच्ने समूह सक्रिय रहेको पाइएको छ भने अपलोड गरिएका अधिकांश फिल्ममा कलाकार तथा निर्देशक सबैको परिचय लुकाईएको हुन्छ ।
युट्युबको भिडियो जति धेरैले हेर्यो त्यति नै धेरै पैसा पाईने भएकाले युट्युबमा यो अश्लिलताको हर्कत बढिरहेको छ ।
हेर्नुहोसे, यो भिडियोः


तपाईको प्रतिक्रिया