पुस २४ गते– सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आएकी तरकारीवाली अर्थात् कुसुम श्रेष्ठ हालै प्रकाशित एउटा उपन्यासको आवरणमा छापिएकी छिन् । उपन्यासकार सविन प्रियासनको ‘पल्लवी’ शीर्षकको उपन्यासको आवरणमा कुसुमको तस्बिर समावेश गरिएको हो ।

लेखक प्रियासनले कुसुमकै अनुमतिमा साप्ताहिकका फोटो पत्रकार महेश प्रधानद्वारा खिचिएको तस्बिर उपन्यासका लागि छनोट गरेका हुन् । केही साताअघि दाङमा सम्पन्न सातौं राष्ट्रिय पुस्तक प्रदर्शनीका क्रममा विमोचन गरिएको उक्त उपन्यास केही दिनमै एक हजारभन्दा बढी प्रति बिक्री भएको प्रियासनले बताए ।

तरकारीवालीका रूपमा चर्चामा आएकी कुसुमले उपन्यासको आवरण पृष्ठमा आफ्नो तस्बिर प्रकाशित भएकोमा खुसी व्यक्त गरेकी छिन् । ग्ल्यामरको क्षेत्रमा नआउने घोषणा गरिसकेकी कुसुम यतिबेला चितवनमा प्लस टु अध्ययरन छिन् । शुक्रबार साप्ताहिकबाट ।

तपाईको प्रतिक्रिया