Loading…

पुस २४ गते-
आफूलाई नदिई एक्लै खाजा खाएको बिषयमा आफ्नै प्रेमीमाथि जाइलाग्ने प्रेमिकालाई बेलायतको अदालतले २६ हप्ता जेल सजाय सुनाएको छ ।
बेलायतको ब्ल्याकबर्नकी ३४ वर्षकी डियन मार्गरेट क्लेटनले आफ्ना प्रेमीले एक्लै खाएको भन्दै चक्कुले आक्रमण गरेकी थिईन् ।
आफ्ना प्रेमी सिमन हिलसहित साथीको घरमा खानाका लागि पुगेकी उनले खानका लागि दिइएको “चिप्स” सकिएपछि भान्छामा गई तरकारी काट्ने चक्कुले आक्रमण गरेकी हुन् ।
सबै खाजा खाईदिएपछि आफूलाई निकै रिस उठेको र उनीमाथि अकस्मात् आक्रमणमा उत्रिन पुगेको उनले बताईन् । डियनले सिमनमाथि आक्रमण गरेको स्वीकारेकी छन् ।
शनिबार ब्ल्याकबर्न अदालतले डियनलाई २६ हप्ताको जेल सजाय सुनाएको हो । – एजेन्सी

Loading…

तपाईको प्रतिक्रिया