ताजा खबर:- चिसो हावाको साथै समतल भागमा तापमान कम हुनथाल्छ । यस्तो अवस्थामा चिसोबाट बँच्न निकै आवश्यक हुन्छ । यस समयमा थोरै लापरवाहीले पनि चिसोले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । यस्तो अवस्थामा आफ्नो साथ-साथै परिवारको पनि ख्याल राख्न अति आवश्यक हुन्छ । यस समस्यामा रुघाखोकी हुनु एक सामान्य समस्या हो तर यदि समयमै यसको उपचार नगरेमा यो स्वास्थ्यको लागि बढी हानिकारक हुन्छ । कप बढ्दा असहज महसूस हुन्छ । यस्तो स्थितिमा औषधिको साटो यदि घरेलू उपायलाई प्रयोग गर्नु तपाईको लागि लाभदायक सावित हुन्छ । नाक बन्द हुने र घाँटी दुख्ने समस्या हुँदा स्टीम भेपोराइजरबाट लिएको बाफले तुरुन्त आराम दिन्छ । बाफले नेजल ट्रेटमा रहेको किटाणुलाई नष्ट गर्छ । बाफ लिने समय पानी बढी तातो हुनुहुँदैन ।

तातो पानीको सेवन

चिसो मौसमका दिनहरूमा तीन देखि चार पटक तातो पानीको सेवन गर्नुहोस् । खाना पश्चात तातो पानीको सेवन गर्नु स्वास्थ्यको लागि अझ फाइदाजनक मानिन्छ । तातो पानी पिउँदा कफ कम हुनुको साथै घाँटी दुख्ने समस्याबाट आराम मिल्छ । यदि जाडोले बढी समस्यामा हुनुहुछ भने तातो पानीमा नून मिलाएर सेवन गर्नुहोस् । यसले घाँटी सफा हुन्छ र भाइरसलाई फेरी शरीरमा प्रवेश हुनबाट रोक्छ ।

बेसारयुक्त दूध

राती सुत्नुअघि बेसारयुक्त मनतातो दूध पिउनुहोस्, जसले रुघाखोकीको समस्याबाट आराम दिन्छ । यसको सेवन पश्चात चिसो पानी पिउनु हुँदैन । बेसार पाउडरललाई महमा मिलाएर पनि खान सकिन्छ ।

तोरीको तेल

एक चम्मच तोरीको तेललाई हल्का मनतातो बनाई यसबाट चार थोपा तोरीको तेललाई सुत्ने समय नाकको प्वालमा दुई-दुई थोपा हाल्नुहोस् । यसो गर्नाले बिहान उठ्दा तपाईको रुघा निकै हदसम्म कम हुन्छ । यस विधिलाई लगातार दुई देखि तीन दिन सम्म प्रयोग गर्नुहोस् ।

इलायची

चिसो मौसममा इलायचीको सेवनले पनि आराम दिन्छ । एक इलायचीको दानालाई पिसेर दुई चम्मच महमा मिलाएर सेवन गर्नुहोस्, जसले खोकीको समस्याबाट आराम दिलाउँछ । यस विधिलाई दुई देखि तीन दिन सम्म प्रयोग गर्नुहोस् ।

लसुनको सूप

लसुनलाई छिलेर हल्का पिस्नुहोस् । अब यसलाई एक कप पानीमा मिलाएर केही समयसम्म उमाल्नुहोस् । आधा कम हुँदा यसलाई छानेर पिउनुहोस् । यस विधिको प्रयोगले चिसोको समस्याबाट सजिलै आराम मिल्छ ।

अदुवा र कागतीको चिया

एक कप पानीमा अदुवा, दुईओटा कालो मरिच र दुईओटा ल्वांग पकाउनुहोस् । यसमा आधा कागती मिलाउनुहोस् । यस किसिमले बनेको चियालाई दिनमा कम्तीमा तीन पटक सेवन गर्नुहोस् । यसको साथै दुई चम्मच मह र एक चम्मच कागतीको रस एक गिलास पानी या तातो दूधमा मिलाएर पिउँदा चिसोको समस्याबाट छुटकारा मिल्छ ।

पुदिनाको चिया

पुदिना र तुलसीको पातबाट बनेकोले चिया घाँटी र नाकलाई सफा गर्छ । यसमा कालो मरिच र ल्वांग पनि मिलाउन सकिन्छ । पुदिना एक प्राकृतिक औषधि हो, यसको सेवन पेटको लागि पनि फाइदाजनक रहन्छ । तुलसी गरम प्रकृतिको हुन्छ । कफको समस्या हुँदा तुलसीको पातको रस निकालेर यसमा मह मिलाएर पिउनुहोस्, जसले चाँडो आराम दिन्छ ।

पानको पातको पानी

यदि साना बच्चालाई कफको समस्या रहेको छ भने पानको पातलाई एक कचौरा पानीमा उमाल्नुहोस् । यो पानी बच्चालाई दुई-दुई चमम्च दिनमा तीन देखि चार पटक पिलाउनुहोस् । यसको सेवनले कफ मलद्वार भई बाहिर निस्किन्छ ।

तपाईको प्रतिक्रिया