ताजा खबर:- प्रायजसो मानिसहरूले साना-तिना ब्याक्टेरिया इन्फेक्शनमा अधिक ध्यान दिँदैनन् तर यो संक्रमण गम्भीर पोल्ने समस्या या सम्भावित रूपले घातक कोलाइटिसको कारण बन्न सक्छ । पत्रिका ‘साइन्स’ मा प्रकाशित अध्ययनमा भनिएको छ कि जीवाणु सम्बन्धि सामान्य संक्रमणहरूको कारणले बढ्दो उमेरमा पोल्ने सम्बन्धि समस्या उत्पन्न गर्ने गम्भीर रोग लाग्नसक्छ । अमेरिकाको स्यानफोर्ड बर्नहाम प्रेबिस मेडिकल डिस्कभरी इन्स्टीट्यूट(एसबीपी) को अनुसन्धानकर्ताहरूका अनुसार, अध्ययनमा पत्ता लागेका यी तथ्यहरूबाट ‘इन्फ्लेमेटरी बवल डिजीज’ (आईबीडी)को पछाडीको कारण पत्ता लाग्न सक्छ । यस रोगको कारण पत्ता लाग्न सकेको छैन ।

यस अध्ययनले यो पनि दर्शाएको छ कि यस प्रकारको थुप्रै प्रमाण मिलेको छ कि कोलाइटिस र आईबीडी समेत पोल्ने सम्बन्धि सामान्य रोगहरूको शुरूवातमा व्यक्तिको अनुवांशिक कारक सीमित भूमिका निभाउँछ ।

फूड प्वाइजनिंग भएमा अपुनाउनु पर्ने उपाय

-बढी भन्दा बढी पेय पदार्थ पिउनुहोस् । पानी, डिक्याफिनेटेड चिया या जूस जो तपाईले पिउन सक्नुहुन्छ, यसबाट तरल पदार्थको कमी हट्छ र निर्जलीकरणलाई रोक्न पनि यो मद्दतगार हुन्छ ।

-जाँडरक्सी, दूध या क्याफिनयुक्त पेय पदार्थबाट बँच्नुहोस् ।

-नरम खाद्य पदार्थ खान शुरु गर्नुहोस् । जस्तै भात, केरा, टोस्ट आदि ।

-मसालेदार भोजन, तेलमा तारेको खाद्य पदार्थ, डेयरी र हाई फ्याट खाद्य पदार्थबाट बँच्नुहोस् ।

-आफ्नो खानामा प्रोबायोटिक्स लिन शुरु गर्नुहोस् । प्रोबायोटिक्स आन्द्रामा गुड ब्याक्टेरियालाई फेरी ल्याउन र स्वास्थ्यमा चाँडो सुधार गर्न मद्दत गर्छ ।

-हर्बसलाई प्रयोग गर्नुहोस् । तुलसी, जिरा, सौफ, धनिया यस अवधिमा सेवन गर्न शुरु गर्नुहोस् ।

-अत्यधिक समय आराम गर्नुहोस् किनकी फूड प्वाइजनिंगले थकानलाई बढाउँछ ।

-यति गर्दा पनि तपाईलाई फूड प्वाइजनिंगदेखि चाँडो आराम मिलेको छैन भने चिकित्सक कहाँ अवश्य जाँच गराउनुहोस् ।

तपाईको प्रतिक्रिया