ताजा खबर:- अमेरिका दुनियाको सबैभन्दा शक्तिशाली देश हो । यूनाइटेड स्टेड डिपार्टमेन्ट अफ एग्रीकल्चरको रिपोर्टको अनुसार हरेक वर्ष एक एभरेज अमेरिकन्स लगभग ५० भन्दा बढी हट डग खाने गर्छन् । केवल हट डग मात्र नभई हाई क्यालोरी युक्त कयौँ यस्ता चीजहरू छन्, जुन अमेरिकन्सको आहारमा समावेश हुन्छ । खानपानको पारखी अमेरिकन्स खानामा नयाँ-नयाँ प्रयोग गर्न रुचाउने गर्दछन् । यसकारण उनीहरू सहाकारी र मांसाहारी सबै व्यंजनलाई फरक ढंगले बनाउँछन । आज हामी यहाँ अमेरिकन्सहरूले खाने केही मुख्य आहारको बारेमा चर्चा गर्दैछौँ ।

-उनीहरू नास्तामा प्यानकेक(pancake) खाने गर्दछन् । यसैगरी उनीहरू क्लब स्यान्डविच(club sandwich) खान रुचाउने गर्दछन् । यसलाई एभोकाडो र महको साथ बनाईने गरिन्छ ।

-पम्पकिन पाई(pumkin pie) अमेरिकन्सले एकदमै रुचाउने आहार हो । उनीहरू एप्पल पाई(apple pie) पनि हरेक विशेष अवसरमा खान रुचाउने गर्दछन् ।

-बिदाको दिनहरूमा उनीहरूलाई मनपर्ने आहार मेश्ड पोटेटो(mashed potato) हुने गर्दछ । यसलाई अमेरिकाको सिग्नेचर डिश भनिन्छ ।

-उनीहरू चिकन टेन्डर पनि बढी रुचाउने गर्दछन् । यसलाई एग बटरको साथ बनाउने गरिन्छ । उनीहरू फ्राइड चिकन खाने गर्दछन् ।

-उनीहरू मीटलाई बार्बेक्यू गरेर खान रुचाउने गर्दछन् । मीट रिब्स उनीहरूलाई मनपर्ने डिश हो । यसलाई उनीहरूले मीसो मस्टर्ड सोसमा बनाउँछन् ।

-उनीहरू म्याकरोनी र चीजको फरक डिशेज आफ्नो आहार समावेश गर्दछन् । चीजबर्गर शौकिनको कारणले खाने गर्दछन् ।

-डोनट्स, चकलेट चीप कुकीज र चीज केक अमेरिकन्सलाई मनपर्ने डिश हो ।

तपाईको प्रतिक्रिया