ताजा खबर:- अधिकांश मानिसको धारणा यो छ कि कपाल हेरिडिटीको कारण झर्छ । तर हाम्रो खानपान पनि कपाललाई स्वस्थ राख्नको लागि आवश्यक हुन्छ । तपाई यो जानेर अचम्म पर्न सक्नुहुन्छ कि केही यस्ता चीज छन्, जसलाई खाँदा कपाल झर्ने समस्या निम्तिन्छ । यदि तपाईको कपाल पहिले देखि नै झरेको छ भने यसलाई खान बन्द गर्नुहोस् नत्र कपाल अझ तीव्र रूपमा झर्न थाल्छ ।

१-केक र पेस्ट्री

केक र बिस्कुट पिठोलाई रिफाइन गरेर बनाइएको हुन्छ । यसमा अत्यधिक मात्रामा सुगर र लो फाइबर हुन्छ । यो फूड अप्रत्यक्ष रूपले कपाल झर्ने समस्याको लागि जिम्मेवार हुन्छ किनकी यसमा हुने सुगर स्ट्रेस लिने केपेसिटी कम गर्छ, जसबाट कपाल झर्ने समस्या हुन्छ ।

२-डेयरी प्रोडक्ट्स

डेयरी प्रोडक्ट्स पनि कपाल झर्ने समस्याको लागि जिम्मेवार हुनसक्छ । वास्तवमा अहिले बजारमा मिल्ने दूध पाश्चुरीकृत हुन्छ । यो पाश्चुरीकृत दूध पोर्सलाई ब्लोक गर्छ । यसबाट कपाल पातलो हुनुको साथै झर्न थाल्छ ।

३-तेलमा तारेको आहार

उच्च बोसोयुक्त आहार र हाइड्रोजेनेटेड ओयललाई हरेक अवस्थामा हटाउनु पर्दछ । अध्ययनको अनुसार, मोनो सेचुरेटेड र सेचुरेटेड बोसो टेस्टोस्टोरोनको स्तरलाई बढाउँछ, जसबाट DHT को स्तर पनि बढ्छ, जो कपाल झर्ने समस्याको लागि जिम्मेवार हुन्छ । जसले कपाल बढ्ने प्रक्रियालाई पनि रोक्छ ।

४-सोडा र कोल्ड ड्रिंक्स

कार्बोनेटेड ड्रिंक्समा एसिडको मात्रा अत्यधिक हुन्छ । एसिडको साथै यसमा सुगरको मात्रा पनि निकै बढी हुन्छ । यसबाट ब्लडमा सुगरको स्तर बढ्छ । डाक्टर मरकोलाको रिसर्चको अनुसार, ब्लडमा सुगरको स्तर बढ्दा कपाल झर्ने समस्या बढ्छ ।

तपाईको प्रतिक्रिया